तक्दीर अधिकारी, सिड्नी – वैदेशिक रोजगारी, अध्ययन, घुमघाम तथा आफन्त भेटघाटको शिलशिलामा अष्ट्रेलियामा पुगी अलपत्र परेका १ सय ६० जना नेपालीहरुलाइ उद्धार गरिएको छ ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको पहलमा उनीहरुलाइ मेलिन्डो एअरलाइन्सको बिमान मार्फत नेपाल पठाइएकोे होे । विहिवार साँंझ ६ बजे सीड्नीवाट उडेकोे चार्टड विमान इन्डोनेशिया, मलेशिया हुँदै काठमाडौ अवतरण गरिसकेको छ ।
गैर आवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका उपसभापति तथा न्यु साउथ वेल्सका राज्य परिषद संयोजक देव गुरुङका अनुसार उक्त विमान इन्डोनेशियाको बालीमा केही वेर इन्धन राखी मलेशीयाको क्वालालम्पुर हुँदै विहान सबा ६ बजे नेपाल अवतरण भइसकेको छ । विमान केही ठाँउमा रोकिए पनि यात्रुलाइ झर्नु भने परेन ।
उद्धारको पर्खाइमा रहेका नेपालीहरुले दिएको आवेदनका आधारमा यहास्थित दुतावासको सहयोगमा उनीहरुलाइ नेपाल फिर्ता पठाइएको गुरुङले बताए ।
उनका अनुसार आउने अगष्ट ६ मा पनि अर्काे एयरको विमान मार्फत नेपालीहरुको उद्धार गर्ने तय भइसकेको छ । ‘६ गते सिँगापुर एयरको जहाजबाट नेपालीहरुलाइ घर पठाइँदै छ’ उनले भने ‘त्यसको लागि आवश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको छ।
यात्रुहरु बाट अष्ट्रेलियन १ हजार ७ सय ५० डलर भाडादर लिइएको थियो । विभिन्न कारणले अष्ट्रेलियामा अलपत्र नेपाली नागरीकहरु घर फिर्ता हुन पाउँदा एनआरएनए लाइ धन्यवाद दिए ।
फिर्ता हुने मध्ये केही नेपालीहरु केही अत्याब्स्यक काम काज लागि नेपाल आउनु पर्ने पनि थिए । त्यहा करिब ५ हजार नेपालीहरु स्वदेश फिर्ता हुन चाहेको गैर आवसीय नेपाली संघको तथ्याङ्क रहेको छ ।
एनआरएनए क्षेत्रीय संयोजक होम पाण्डे, गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ, न्यु साउथ वेल्स राज्य परिषदका उपसंयोजक चुन्ना क्षेत्री, सहसचिव तिर्थराज कार्की, समाजसेवी प्रेम श्रेष्ठ र रोशनी श्रेष्ठ लगायत ले उद्धार कार्यमा सहजीकरण गरेका थिए । यसै बिच अगष्ट ९ मा पनि शिल्क एयरले पनि अष्ट्रेलिया बाट नेपालको लागि उडान भर्ने तयारीमा रहेको छ ।






