तक्दीर अधिकारी
सिड्नी । सञ्चारकर्मी सीता रसाइलीले स्वर दिएको सांगीतिक एलबम सार्वजनिक भएको छ । यो म्युजिक भिडियोमा समाज परिवर्तनका निम्ति तीजलाइ सदुपयोग गर्नु पर्ने सन्देश समेटिएको छ । मानिस सबै समान हुन्, जातिय अहंकार बन्द गर्न समाजलाइ चेतना प्रदान गर्ने मुख्य उदेश्य यस गितमा देख्न र सुन्न पाइन्छ ।
कुरितीको जालो हटाउन सबै एक भएर मानवीयता देखाउन आग्रह गरिएको छ । समाजमा अझै विभिन्न घटना घटिरहेकोले कानुनलाइ कडाइपूर्वक व्यवहारमा लागु गर्नु पर्ने बेला आएको र अब हेपिएर, चेपिएर बस्नु भन्दा अन्यायका विरूद्व लड्नु पर्ने आवाज यसमा उठाइएको छ ।
पहिलो पटक गीति एल्बम सार्वजनिक गरेको हो, गाउने सौख पहिलेदेखिकै हो, तर विभिन्न परिस्थितिले मिलेको थिएन, गायिका सीता रसाइली भनिन, फिडब्याक एकदमै राम्रो आएको छ, यस्तो प्रतिभाका धनी भएर पनि किन यति लामो समय गुमनाम बस्नु भएको भनेर दर्शक र श्रोताले आलोचना गरे । यो आलोचनालाई मैले पे्ररणाको रुपमा लिएको छ, रसाइलीले भनिन, ‘यसले मलाई भविष्यमा गायन क्षेत्रमा लाग्न हौसला दिनेछ ।’
सञ्चारकर्मी समेत रहेकी रसाइली विगत ८ वर्षदेखि अस्ट्रेलिया बस्दै आएकी छन् । उनले समाजमा भएका विभेदलाई गीतमार्फत् उजागर गर्ने प्रयास गरेकी छन् ।
डा. मोम विश्वकर्माको प्रस्तुती रहेको यस गीतमा सीता रसाइलीको स्वर रहेको छ । विवि अनुरागीको संगीत रहेको यस म्युजिक भिडियोमा शंकर विसीले निर्देशन गरेका छन् । अन्जली अधिकारीको विशेष अभिनय रहेको यो भिडियोको नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो






