अस्ट्रेलियाबाट केसीले जन्मदिनमा कोभिडका बिरामीलाई १ महिना फलफुल सामग्री वितरण गर्दै

तक्दीर अधिकारी
सिड्नी ।जन्मदिन मनाउने भन्ने बित्तिकै विभिन्न भोज भतेरसहित महँगो उपहारको चित्र सबैको मानसपटलमा आउंछ । जन्म दिन कसले कसरी मनाउँछ भन्ने कुरा व्यक्तिको सोचले निर्धारण गर्छ । जन्मेपछि यो समाजलाई केही योगदान दिनुपर्छ भन्ने सोच बोकेको युवा औंलामा गन्न सकिन्छ । ती थोरै युवामध्येका एक हुन्– समित केसी ।

अस्ट्रेलिया सिड्नीमा बसोबास गर्ने पोखराका समित केसी लोकतन्त्रमा आस्था राख्ने राजनीतिक पृष्ठभूमिका युवा हुन् । समाज परिवर्तनका लागि राजनीतिको मियो समाते पनि समाजसेवा र सहयोगी स्वभाव समितको परिचय हो । मेरो पछाडि म, मेरो परिवार र सीमित घेराभित्र रहेका साथीभाइ मात्र होइन, सिंगो मानव समुदायका लागि केही गर्नुपर्छ भन्ने समितको उदार भावना युवा समुदायका लागि प्रेरणादायी छ ।

समितको समाजसेवाप्रतिको जुझारुपन धेरै युवाहरुका लागि प्रेरणा बन्न सक्छ । कोभिड–१९ को यो महामारीमा उनले प्रदेशमा होस् वा घरदेशमा उदाहरणीय काम गरेका छन् । प्रवाशमा नेपाली समुदायले आयोजना गर्ने हरेक गतिविधिमा उनको संलग्नता छुटेको हुँदैन भने जन्मभूमिमा उनले पु-याएको योगदान प्रशसनीय छ ।

समितले यस वर्षको जन्मदिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनासँग संघर्ष गरिरहेका विरामीमा समर्पित गरेका छन् । उनले कोभिड–१९ पोजिटिभ भई अस्पतालमा उपचारत् बिरामीलाई एक महिनासम्म नियमित फलफुल वितरण गर्दैछन् ।

हाल पोखरा समाज अष्ट्रेलियाले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारत् कोभिड–१९ पोजेटिभ बिरामीका लागि सुरूका दिनदेखि नै नियमित ताजा फलफुल वितरण गर्दै आइरहेको छ ।

केसीले अबको एक महिनाको वितरण खर्च ब्यहोर्ने छन् । यसको ब्यवस्थापन पोखरा समाज अष्ट्रेलियाले गरिरहेको छ भने नेपालका लागि स्थानीय व्यवस्थापन श्री सत्य युवा क्लब रहेको छ । समित पोखरा समाज अष्ट्रेलियाका महासचिवसमेत हुन ।

सामाजिक कार्य गर्दा आफुलाइ खुशी लाग्ने बताउदै समितले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरिकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको लन्डन नेपाल न्यूजलाइ बताए ।

कोभिड–१९ को माहामारीले बिश्व जगत नै प्रभावित भएको अवस्थामा प्रवासबाट जन्मभुमि सम्झियर पोखरा समाज अष्ट्रेलियाको निरन्तर कार्यक्रम अन्तर्गत आगामी एक महिना फलफुल वितरण खर्च सहयोग गर्न लागेका समित लाई लन्डन नेपाल न्यूजको तर्फबाट जन्मदिनको मंगलमय शुभकामना !