यूकेका दिदिवहिनी समुहले गरे २ लाख राहत सहयोग

लण्डन ।लण्डनको साउथ ईस्ट स्थित प्लमस्टिडमा बसोबासरत दिदीबहिनी समुहले कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई हप्ता दिन सम्म खाना खुवाउने भएको छ । दिदिवहिनी महिला समुह यूके को सहयोगमा हप्ता दिन सम्म खाना खुवाइने भएको हो ।

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरुले लकडाउनका कारण भोकभोकै आएपछि सीमामा निशुल्क खाना खुवाएको हो । दिदिवहिनी महिला समुह यूकेले पहिलो चरणमा २ लाख  बजेट पठाएपछि सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रण बहादुर रावलको पहलमा खाना खुवाईदै छ ।

डा. रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरुले पठाएको पैसामा करिब ८ हजार नेपालि नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोगमो निन्तर २४ घण्टा लकडाउन अवधिभर रोयल कोलाबोरेटिभ्सका युवाहरु लागी परेका छन् ।