तमु धिं लण्डन इकाईद्वारा लण्डनमा मास्क र सेनीटाइजर होम डेलिभरी गरिंदै

शिब भण्डारी

लन्डन। तमु धिं लण्डन इकाईले स्थानिय नेपालीहरुलाई मास्क र सेनीटाइजर बितरण गरेको छ ।

कोभिड १९ संक्रमणबाट बच्न र बांच्न लकडाउन खुकुलो हुँदै गर्दा विशेष गरी लण्डन शहरमा काममा जाने यात्रीहरुको चाप बढदै गरेको अवस्थामा दैनिक मास्क र सेनिटाइजर अति आवस्यक पर्ने भएकोले लण्डन एरियामा इकाईले आफ्ना सदस्यहरु लगायत नेपालीहरुलाई मास्क र सेनीटाइजर बितरण गरेको हो ।

लकडाउन पछि अहिलेको परिस्थितिमा झनै मास्क र सेनीटाइजरको आवस्यकता आवस्यक महसुस भएकोले तमुधी लण्डन इकाइले वेस्ट लण्डनमा शनिबार ३,००० थान मास्क तथा ५०० पिस सेनीटाइजर वितरण गरेको हो ।

साथै अहिलेको परिस्थितिलाई मध्येनजर राखी तमु धिं लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङको निर्देशन र उपाध्यक्ष बिष्णु गुरुङको नेतृत्वमा लण्डन भित्रका आफ्ना सदस्यहरु र नेपाली समुदाय भित्र पर्न सक्ने आवश्यक सहयोगको निमित्त पाँच सदस्यीय समिति गठन गरि, हेल्प लाइन नम्बर उपलब्ध गराइ २४ सै घन्टा आवस्यक सहयोगको लागि खटिएका छौ महासचिब भारत गुरुङले लन्डन नेपाल न्यूज संगको टेलीफोनमा बताए।

यी सबै कार्यमा आमा समूहकी अध्यक्ष दिलमाया गुरुगं र उहांको कार्यसमितिका सदस्यहरुको पनि सहभागिता थियो । रक गुरुङ ,कमला गुरुङ सुसिल गुरुङ ,नन्द गुरुङ लगायतका सदस्य मार्फत होम डेलिभरी बाटै मास्क वितरण गरिदै आएको र आइसोलेसनमा रहेका परिवारहरुलाई खाध्य सामग्री र दबाइ समेत घर घरमा उपलब्ध गराइएको माहासचिब भारत गुरुङले बताए । यसै बीच कोरोना भाइरस अर्थात कोभिड-१९ बाट सुरक्षित रहन नभई नहुने चिज माक्स र सेनिटाईजर,भएको भन्दै समाजका पूर्व अध्यक्ष डेभिड गुरुङले एक सन्देस दिएका छन् ।