लण्डनमा राहत बाँड्दै कोडेक यूके

लन्डन ।कोडेक यूकेले राहत बितरण सुरु गरेको छ।बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कारण लकडाउनबाट प्रभावित विद्यार्थी तथा वृद्धवृद्धालाई बेलायतको एउटा च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर (कोडेक यूके) ले राहत वितरण  गरेको हो ।

संस्थाले अत्यावश्यक परेका ६ जना विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकेको संस्थाका अध्यक्ष टंक भट्टराईले लन्डन न्युज लाई जानकारी दिए ।

अध्यक्ष भट्टराई नेतृत्वको टोलीले आइतबार वितरित खाद्यान्नमा दाल चामल, तेल, आंटा, सिरियल, नुडल्स्, बिस्कुट, क्यान फुड लगायत छन् । संस्थाले अति आवश्यक परेका व्यक्तिलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

पायक पर्नेले आफैं गएर संकलन गर्न सक्नेछन् भने टाढा बस्नेका लागि ‘अनलाइन अर्डर’ गर्ने व्यवस्था समेत मिलाइएको छ । संस्थाले चन्दा र विभिन्न प्रायोजकबाट प्राप्त रकमबाट कोभिड प्रभावित व्यक्तिलाई खाद्यान्न वितरण गरेको हो ।

संस्थाले हरेक शनिबार र आइतबार राहत वितरण गरिने बताएको छ ।

राहत आवश्यक पर्नेका लागि सम्पर्क-
-ज्योति घिमिरे : 07446070210
-विशेष गुरागाई : 07783845534
-अरुण चालीसे : 07731772726
-रुक्मिणी श्रेष्ठ थापा : 07883023316