कोविड – १९ बाट पोर्चुगलमा ११४४ जनाको मृत्यु २७६७९ जना संक्रमित ।

आकाश भण्डारी ,

लिस्बन
पोर्चुगलमा कोविड १९ बाट मर्नेहरूको संख्या ११४४ पुगेको छ, स्वास्थ्य महानिदेशालयको पछिल्लो बुलेटिनमा प्रकाशित गरेको छ ।
पछिल्लो २४ घण्टामा, यहाँ थप नौ जनाको मृत्यु भएको छ । त्यस्तै ९८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै पोर्चुगलमा कुल संक्रमित सङ्ख्या २७६७९ पुगेको छ ।

यहाँ २६४२ संदिग्ध केसहरू प्रयोगशालामा परिणामको पर्खाइमा छन् त्यस्तै २ २८३०७ व्यक्तिहरू स्वास्थ्य अधिकारीहरूको निगरानीमा छन्।अस्पतालमा भर्ना भएका बिरामीहरू मध्ये ८०५ जनाको सामान्य कक्षमा उपचार भइरहेको छ भने सघन कक्षमा ११२ जनाको उपचार भईरहेको छ । त्यस्तै निको हुनेको सङख्या २५४९ रहेको छ जुन सङख्या अघिल्लो दिनको तुलनामा बराबर रहेको छ ।