अष्ट्रेलियामा एक्सपर्टले कोरोना पिडित विद्यार्थीका लागि २ लाख डलर सहयोग गर्ने

 तक्दीर अधिकारी
सिड्नी । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै डामाडोल बन्दैछ । यसको पीडामा नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थी सबैभन्दा बढी परेका छन् । आफूमार्फत् अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीप्रति एजेन्सीहरु जवाफदेही बन्नुपर्छ । ती एजेन्सीहरुको सिंगो संगठन अस्ट्रेलियन एजुकेशन कन्स्लटेन्ट एलाइन्स एक्काले  समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न  भर्खर सहयोग संकलन गर्दैछ ।स्ट्रेलियास्थित एक्सर्पट एजुकेशन एन्ड भिसा सेन्टरले आफूमार्फत् अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीका लागि कोष बनाएर सहयोग उपलब्ध गराउने योजना अघि सारेको छ । एक्सपर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलर अर्थात् नेपाली एक करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको ‘कोभिड– १९ एक्सपर्ट सहयोग कोष’ घोषणा गरेको छ। कोरोनाका कारण सकसमा परेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले यो कोषको घोषणा गरेको हो।
सिड्नीमा मुख्यालय रहेको यो संस्थाले नेपालबाट अस्ट्रेलिया आएका विद्यार्थीलाई शैक्षिक तथा आप्रवासन सम्बन्धी परामर्श दिँदै आएको छ। एक्सपर्ट एजुकेशन एन्ड भिषा सेन्टरका प्रमुख कार्यकारी अधिकृत बद्री अर्यालले भने, ‘छ महिनाअघि अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीलाई सहयोग गर्ने हाम्रो योजना हो, पीडित सबै विद्यार्थीलाई सहयोग गर्ने इच्छा थियो, तर बजेटले भ्याउँदैन,  उनीहरुलाई सहयोग गर्ने योजनाअनुसार एक्सपर्टले २ लाख डलरको कोष स्थापना गरेको हो ।’ कार्यकारी अधिकृत अर्यालले भने, ‘अध्ययनका लागि भर्खर आएका विद्यार्थी बढी समस्यामा छन् भन्ने निष्कर्ष सहित हामीले यो निर्णय लिएका हौं । हाम्रा विद्यार्थीबाहेक सहयोगका लागि हामीेले ५० हजार डलर विभिन्न सामाजिक संघसंस्थालाई वितरण गर्ने तयारी गरिरहेका छौं, जसका लागि हामीले आवेदन आह्वान गरेका छौं । पीडितले त्यहाँबाट पनि सहयोग माग्न मिल्छ । नगदभन्दा पनि सरसल्लाह दिने हाम्रो संस्था हो ।’
भीसा अवधि थप्नेका लागि पनि शुल्क लिनुहुन्छ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा अधिकृत अर्यालले भने, ‘एकदमै समस्यामा परेका छन् भने हामीसँग कुरा गर्न मिल्छ, हाम्रो  सेवा शुल्क अभावले भिषा थप्ने काम रोकिँदैन ।’ ‘हाम्रो कूल बजेट 2 लाख त्यसबाट नै हामी ले बिद्यार्थीहरु लाई रहत दिने हो ।कार्यकारी अधिकृत अर्यालले भने, जागीर नभएको, एक्सपर्टमार्फत ६ महिनाभित्र अस्ट्रेलिया आएको हुनुपर्ने हामीले राखेको मापदण्ड हो ।’ को–कसले सहयोग लिए भनेर नाम सार्वजनिक गर्न अष्ट्रेलिया को गोपनियता को कारण ले मिल्दैन तर बाँडिसकेपछि  हामी यती रकम यसरी बँडियो भनेर स्पस्ट रुप मा सन्चार माध्यम र इच्छुक संघसंस्थाहरु लाई सार्वजनिक गछौं, अधिृकत अर्यालले भने, ‘सहयोगका लागि विनियोजन गरेको बजेट हामी राख्दैनौं  र  वितरण गरेरै सक्छौं । विभिन्न संघसंस्थाबाट पनि सहयोगको माग भइरहेको छ । 
 सबैलाई सहयोग गर्ने क्षमता आफूहरुसँग नरहेको अर्का प्रमुख कार्यकारी अधिकृत सञ्जीव शर्माले बताए । उनले भने, ‘जसलाई सबैभन्दा बढी सहयोग आवश्यक चाहिएको छ, त्यो मापदण्ड राखेर हामी सहयोग वितरण गछौं । हाम्रो क्लाइन्टबेस ठूलो भएको हुनाले १ लाख ५० हजार हामी एक्सपर्टका विद्यार्थीमा खर्च गछौं । अरु एजेन्सीले पनि हामीले जस्तै समस्यामा परेका विद्यार्थीलाई सहयोग  गरी  रहेका छन । सामुदायिक संस्थाका लागि हामीले ५० हजार डलर विनियोजन गरेका छौं, कार्यकारी अधिकृत शर्माले भने, ‘उहाँहरुले मेलमै प्रस्ताव पठाए पनि हुन्छ, पारदर्शी ढंगले यो पैसा हामी यो शीर्षकमा खर्च गर्छौ भन्ने स्पष्ट हुनुपर्छ । हाम्रो संस्थाले दिएको पैसा कहाँ जान्छ भन्ने कुरा प्रोपजलमा देखिनुपर्छ । त्यो पैसाले काम होला  भन्ने कुराको हामी  विश्वस्थ छौं ।’ एक्सपोर्टबाहेकका विद्यार्थीले विभिन्न सामाजिक संघसंस्थामार्फत् सहयोग लिन को लागि प्रयास गर्नु पर्छ, अधिकृत शर्माले भने, ‘रेडक्रसलगायत विभिन्न संघसंस्थाले दिने सहयोगबारे धेरैलाई जानकारी रहेनछ । ती संस्थामार्फत् खानाका लागि समस्या हुँदैन । घर भाडा शौलियत  निबेदन को बारेमा  बारे धेरैले थाहा पाउनु भएको रहेनछ । यो विषयमा हामी लविङ गरिरहेका छौं । धेरै कलेजले शुल्क घटाइरहेका छन् । घर भाडा, कलेज शुल्कबारे विभिन्न संघसंस्थाले लबिङ गरिरहेका छन् ।’ एक्सपर्टले वितरण गर्ने सहयोगबारे आधिकारिक घोषणा गरेको सम्पूर्ण विवरण वेभसाइटमा राखिएको विवरणले स्पष्ट पारेको अधिकृत शर्माले बताए । उनले भने, ‘हामीले १ लाख ५० हजार डलर कस्ता विद्यार्थीले पाउँछ र ५० हजार डलरको हकदार को हुन् भन्नेबारे वेभसाइटमा स्पष्ट पारेका छौं ।’
एक्सपर्टले विभिन्न सामाजिक संघसंस्थाका लागि विनियोजन गरेको रकम ५० हजारबाट एक्का, एनआरएन, भीएफएमलगायत विभिन्न सामाजिक संघसंस्थालाई दिनेछ ।  जानकारी दिँदै अधिकृत शर्माले भने, ‘जुन सामाजिक संघसंस्थाले कोभिड–१९ लाई केन्द्रविन्दू बनाएर नेपाली समाजलाई सहयोग गरेका छन्, उनीहरुबाट प्रस्ताव मागेका छौं ।