कोराना भाइरसको संक्रमणविरुद्ध लड्न प्रवासी नेपाली एकता मञ्च यूकेद्वारा क्षेत्रगत टिम गठन

लन्डन । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि प्रवासी नेपाली एकता मञ्च यूकेद्वारा क्षेत्रगत टिम गठन गरेको छ । मञ्चले गठन गरेको क्षेत्रीय टिममा मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी हारर्लो, एसेक्स, सचिव सुरेश गौतम, ब्रुन्ट, कृष्ण तिवासी वाटफोर्ट, दासु पाण्डे, साउथ इस्ट लन्डन, कृष्ण भण्डारी वेल्र्स, जोनी पहारी स्कटल्यान्ड, धनबहादुर क्षेत्री, केन्ट, हेम लिम्बू इस्ट लन्डन, शेयरसिंह ठकुरी, हायस, ठाकुर शर्मा नर्थ होल्ट ग्रीनफोर्ड, कुमार केसी रिडिङ, सुशीला राई अल्टरसट, मन गुरुङ रिडिङ, नरेन्द्र कँडेल चाल्टन, नारद भण्डारी रिडिङ, मीनु शाक्य श्रेष्ठ सोलग, कपिल श्रेष्ठ, क्रोवली, फुलप्रसाद कँडेल साउथइस्ट र अरुन थापा साउथ इस्ट लन्डन तोकिएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट बेलायतमा संक्रमित भइ अकालमा ज्यान गुमाउनु भएका नेपालीप्रति श्रद्धाञ्जी अर्पण गर्दै यसबाट संक्रमित अन्य बिमार व्यक्तिहरूको शीघ्र सुस्वास्थ्यको कामना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसरीनै आफनो स्वास्थ्यको समेत खतरा मोल्दै रात दिन नभनी निरन्तर खटनु हुने स्वास्थ्यकर्मीहरूअत्यन्त सराहनीय पात्रहरू प्रति सम्मान प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछौ ।

यसअघि सर्कुलेट मेसेजमा कार्य समिति सदस्य एक आपसी सहयोगका लागि समन्वय गर्न अनुरोध गरिएकोमा अब हामी कार्य समितिमा मात्र सीमित नरही नेपाली समुदायमा परि आउने अत्यावश्यक एबं आकस्मिक सहयोगका लागि पनि जुट्नु पर्ने यो बिषम परिस्थितिमा आआफ्नो भौगोलिक निकटतामा रहेका नेपाली समुदायमा सहयोगका लागि जुटनु आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।