तक्दीर अधिकारी
सिड्नी ।
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई समानको व्यवहारको माग गर्दै अभियान सञ्चालन गरिएको छ । अस्ट्रेलियन विद्यार्थी र अन्तर्राष्ट्रिय विद्यार्थीमा समानता ल्याउन यो अभियान सञ्चालन गरेको (काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलिया) सिसाका निवर्तमान अध्यक्ष तथा अभियान्ता विजय सापकोटाले बताए । अभियान्ता सापकोटाका अनुसार अस्ट्रेलियन विद्यार्थी सरह अन्तर्राष्ट्रिय विद्यार्थीले पनि कर तिर्ने भएकाले समान व्यवहार होस् भनेर अभियान चलाइएको हो ।
सापकोटाका अनुसार यस विषयमा प्रतिपक्षी दलका नेताहरु, लेबर पार्टीका नेता, युनियनका नेताहरुलाई राखेर एउटा वृहद् छलफल गरेका थियौं, जुन छलफलमा अस्ट्रेलियामा रहेका विभिन्न विद्यार्थी संगठनलाई आमन्त्रण गरेका थियौं ।
युनियन साउथ वेल्सको नेतृत्वमा भएको छलफल थियो । त्यो छलफलका लागि मैले पनि पहल गरेको हुँ । त्यो छलफलपछि हामीले सर्वे सार्वजनिक गरेका छौं । त्यो सर्वेको रिजल्ट आएपछि त्यसका निष्कर्षका बारेमा पुनः छलफल हुँदैछ ।
रिर्पोटको निष्कर्षअनुसार अस्ट्रेलियन संसदमा प्रतिपक्षी दलका नेताहरुले आवाज उठाउने छन् । मुख्यतः ६ वटा विषयमा आवाज उठ्ने छ । गर्भमेन्टले प्रोभाइड गरेको स्टिमुलस अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पनि अस्ट्रेलियन नागरिकसरह पाउनुपर्ने हाम्रो माग हो, सापकोटाले भने, दोस्रो कुरा शिक्षा अहिले अनलाइन माध्यममा रुपान्तरण भएको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुले आफ्नो इन्स्ट्च्युसनमा जुन शुल्क बुझाएका छन्, अनलाइन शिक्षा भएकाले बुझाएको शुल्कको २० प्रतिशत फिर्ता हुनुपर्छ । तेस्रो शुल्क नबुझाएका विद्यार्थीहरुले भीसामा असर नपुग्ने गरी ब्रेक पाउनुपर्छ । अर्को माग जो जसको भीसा एक्सटेन्टसम्बन्धी चुनौति छन्, उनीहरुको भीसा एक्सटेन्टका लागि सहजीकरण गर्नुपर्ने, घरभाडासम्बन्धी समस्या चाहिँ तत्कालका लागि सम्बोधन भएको छ । योसँग विभिन्न मागहरु राखिएको अभियान्ता सापकोटाले बताए ।
सर्वेमा जान यो लिंकमा जानुस् । https://www.surveymonkey.com/r/S6CQX3Z






