युरोपेली सांसद टोली काठमाडौंमा

काठमाडौं, २५ चैत्र ।  युरोपेली सांसद जीन लाम्बार्टको नेतृत्वमा चार सदस्यीय सांसदको टोली आज काठमाडौं आइपुगेको छ । चार दिने नेपाल भ्रमणमा आएको टोलीले प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतसंग भेटी पछिल्लो राजनीतिक घटनाक्रमका साथै संविधान लेखनबारे  जानकारी लिने बताइएको छ । साथै युरोपेली टोलीले शरणार्थी मामिला हेर्ने नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय प्रमुखसहितका पदाधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ ।