धरान । जमघट परिवार यूकेले सुनसरीको धरानमा रहेको सत्य साई स्कुल धरानलाई सहयोग उपलब्ध गराएको छ । जमघट परिवारले ८७ हजार ५ सय रुपैयाँ स्कुलका डाइरेक्टर रविन्द्र प्रधान (राजभण्डरी) लाई हस्तान्तरण गरेका हुन् ।
जमघट परिवारका अध्यक्ष तीर्थकुमार थापाका अनुसार जमघट परिवारले ५० हजार, किरात गुरुङ दिल्लीबाट ३० हजार र यूकेका टिना थापाले ७ हजार ५ सय रुपैयाँ उपलब्ध गराएका हुन् । हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापालगायत मनोज थापा, विक्रम मगर र योगेन लिम्बूको सहभागिता थियो ।
उक्त सामुदायिक स्कुलमा कमजोर आर्थिक अवस्था भएका अभिभावकका सन्ततिले निःशुल्क पढ्न पाउँछन् । पढाइ गुणस्तरीय रहेको छ भने कक्षा ८ पास भइसकेपछि कीर्तिपुरको पुष्प सदनले निःशुल्क अध्ययपन गराउँछ । कमजोर आर्थिक अवस्था भएका र जेहदार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको जमघट परिवारका अधयक्ष तीर्थकुमार थापाले प्रतिक्रिया दिए ।






