पूर्वसचिवकी श्रीमतीलाई कामदारले पिर्काले हिर्काएर मारे

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरका कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीले दावी गरेको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।

‘सीसीटीभीमा चौधरीले कार्कीमाथि पिर्काले हिर्काएको र घाँटी कसेको देखिएको छ ।’ प्रहरी स्रोतले भन्यो । मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *