अस्ट्रेलियाको सामुदायिक बिद्यालयमा नेपाली भाषाको पढाइ

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायले समुदायिक बिद्यालयमा नेपाली भाषा पढाउने प्रयास गरेका छन् । हाम्रो समाज अस्ट्रेलियाका अध्यक्ष्य तथा नेपाली संघसंस्थाको महासंघ (फेन) का का सल्लाहकार डा मोम बिश्वकर्माले एनएसडब्लुकी शिक्षामन्त्री शराहा मिचेलसँग भेट गरी नेपाली बाहुल्य भएको ठाउँमा जस्तै सिड्नीका पश्चिमी क्षेत्र कयाम्सी, रक्देल, मिन्तो, कम्प्बेलटाउन, अबर्नलगायतका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा नेपाली भाषा कक्षा सञ्चालन गर्न माग गरे ।

अध्यक्ष विश्वकर्माले मन्त्री मिचेलसँग एनएसडब्लु संसद भवनमा ६ फेब्रुअरीमा भेटका हुन् । उनले नेपाली समुदायको भाषा संरक्षणमा सरकारले चाल्नुपर्ने कदमबारेमा मन्त्री मिचेललाई अवगत गराएका थिए । बैठकमा कयाम्सी, हार्टकोट, रक्देललगायतका क्षेत्रमा रहेका  सामुदायिक विद्यालयमा नेपाली भाषी विद्यार्थी उल्लेख्य मात्रामा रहे पनि शिक्षकको अभाब महसुस गर्दै पढाइ सञ्चालनमा ल्याएका  छैन ।

एनएसडब्लु शिक्षा विभागका प्रतिनिधिले नेपाली भाषी शिक्षक तयारीका लागि सामुदायिक भाषा विद्यालयमार्फत् आवश्यक छात्रवृति तथा सहयोग गर्न लागिएको जानकारी गराए । एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले कयाम्सी, हार्टकोट, रक्देललगायतका क्षेत्रमा नेपाली भाषा कक्षा संचालन गर्ने प्रयास स्वरुप यो बैठकको आयोजना गरिएको थियो ।

बैठकमा एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले कयाम्सी क्षेत्रमा नेपाली भाषा कक्षा संचालन गर्न कयाम्सी पब्लिक स्कुलका प्रिन्सिपलसँग सहकार्य गरेको र स्कुल प्रिन्सिपल सहमत भएको जानकारी दिदै सरकारले सक्दो सहयोग गर्नुपर्ने माग मन्त्रीसमक्ष राखेका थिए ।

यो मागलाई ध्यानमा राख्दै एनएसडब्लुकी शिक्षामन्त्री मिचेलले अहिले एकजना नेपाली शिक्षकलाई छात्रवृति प्रदान गरेको तथा सामुदायिक भाषा बिद्यालयमार्फत आवश्यक कोर्ष पढ्ने व्यवस्था गर्न सिड्नी विश्वविद्यालय तथा वेस्टर्न सिड्नी विश्वविद्यालयसँग सहकार्य भइरहेको जानकारी दिए । शिक्षा सेवामा प्रवेश गर्न चाहने नेपालीलाई प्रतिस्पर्धाका आधारमा शिक्षा तालिम दिने व्यवस्था गरिने मन्त्री मिचेलले जानकारी दिइन् । बैठकमा नीति सल्लाहकार जेसिका निली तथा शिक्षा मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *