‘मन पराउँछौं’ मा लक्ष्मीलाई राजेशको साथ

काठमाडौं । गायिका लक्ष्मी आचार्य र चर्चित गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘मन पराउँछौं’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

गीतको भिडियोमा भने नवराज उपे्रतीको छायांकन, अमृत चापागाईंको सम्पादन छ भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।

बेलाबेलामा फरक शैलीको गीत सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकदेखि वृद्धासम्मको रोजाइमा पर्ने खोलको छ । सार्वजनिक हुने वित्तिकै गीत धेरैको रोजाइमा परेको यो गीत सुन्नले सकरात्मक प्रतिक्रिया दिएका छन् । डीबी खड्काको शब्द र विनोद पराजुलीको संगीत रहेको डान्सिङशैलीमा तयार पारिएको छ । भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *