लन्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको पाँचौं अधिवेशन मार्च २३ तारिख सोमबारका दिन लुभेन शहरमा हुने भएको छ । अधिवेशनको उद्घाटन सत्र २३ मा भए पनि नयाँ नेतृत्व चयनका लागि २९ मार्चमा एन्ट्रोपेनमा सम्पन्न हुने अध्यक्ष सीता सापकोटाले जानकारी दिइन् । जनवरी २० का दिन संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष तथा पाचौं अधिवेशन मूल तयारी समितिका सदस्यबीच बसेको बैठकले अधिवेशन मार्च २३ गर्ने निर्णय गरेको हो ।

अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आवश्यक संरचना तय गर्ने र केही बिमति राखेर बाहिर रहेका साथीहरु सबैलाई समेटेर लैजान बैठक पुनः २ फेब्रुअरी आइतवारका दिन बस्ने निर्णय भएको अध्यक्ष सापकोटाले बताइन् । बैठकले महामन्त्री दिनेशप्रसाद भन्डारीलाई पाँचौ अधिवेशन तयारी समितिको सदस्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मिति २०७६ कार्तिक ५ गतेको परिपत्र अनुसार नेपाली जनसम्पर्क समिति बेल्जियमले तीब्र गतिमा तयारी थालेको हो । नेपाली जनसम्पर्क समिति बेल्जियमकी चौथो अधिवेसनबाट निर्वाचित सभापति तथा पाचौं अधिवेशन मुल तयारी समितिकी संयोजक सीता सापकोटाको अध्यक्षमामा गत डिसेम्बर ९ का दिन बैठक बसी सबै साथीहरु लाई समेटेर अगाडी जाने गरी र ०६ जनवरी २०२० का दिन लाई अर्को बैठक आव्हान गरिएको थियो ।

उक्त दिन बसेको बैठकमा आवश्यक गणपुरक संख्या अपुग भएको र सहमतिका लागि एकआपसमा छलफल गर्नै गरी उक्त बैठकले पनि १० दिन समयावधि राखी सबैलाई समेट्न प्रयास गरेको छ । सबै पक्षलाई समेटेर लाने गरी मिति २० जनवरी २०२० का नेपाली कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गरी केन्द्रकै सुझावअनुसार ऊक्त दिनलाई अर्को बैठक तय गरिएको थियो ।






