एनआएएनए अमेरिकाको साधारणसभामा मुठभेडको स्थिती कसरी सिर्जना भयो ?

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको दशौं साधारणसभा तथा नयाँ नेतृत्वलाई शपथ ग्रहण कार्यक्रममा करिब करिब हात हालाहालको स्थिती सिर्जना भएको छ ।

उद्घाटन समारोह सकिनुअघि निर्वाचित नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गराउने या नगराउने विषयमा विवाद हुँदा मुठभेडको स्थिती सिर्जना भएको हो ।

खासगरी संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीर आर लामाले दुई थरी विपरीत मतसहितको भाषण गरेपछि हुलदंगा शुरू भएको थियो ।

कार्यक्रम धन्यवाद ज्ञापन गर्न गएका बीरआर लामाले उद्घोषण नै आफैले गरेर निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयां कमिटीलाई शपथ ग्रहण गराउन मञ्चमा बोलाएका थिए।

कार्यक्रम धन्यवाद ज्ञापन गर्न गएका बीरआर लामाले उद्घोषण नै आफैले गरेर निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयां कमिटीलाई शपथ ग्रहण गराउन तोकेको समय भन्दा अगावै उद्घाटन कार्यक्रम नसकिदै मञ्चमा बोलाएका थिए।

उनले एकाएक शपथ ग्रहणको कुरा ल्याएपछि निर्वाचन समितिका विश्व बराल मञ्चमा पुगे। उनले मञ्चमा शपथ ग्रहण गराउने प्रयास शुरु गर्दा नगर्दै अध्यक्ष सुनील साहले माइक खोसे र अहिले शपथ ग्रहण नहुने उद्घोष गरिदिए।

त्यसपछि पक्ष र विपक्षमा एक्कासि ठूलो हुल मञ्चतिर प्रवेश गरेको थियो। र, मञ्चमै ठेला ठेल भएको थियो। तर सोही हल्लाको वीचमा सुरक्षा गार्डसहित शपथ ग्रहण भएको थियो ।

एनआरएनए अमेरिकाको अध्यक्षमा साने मतका साथ बुद्धि सुवेदी विजयी भएका थिए । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दा सुवेदीका निकटतम प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरे ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार डा। अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत तथा तिलक केसीले ५ सय ६७ मत पाएका छन् । सन् २०२१–२३ कार्यकालका लागि १५ हजार ७ सय ६८ सदस्यले भोट हालेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामा आएका छन् । उनले ५ हजार १ सय ९० मत ल्याए ।

महासचिवमा अन्जनकुमार चौलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।

एनआरएनए अमेरिकामा २० हजार एकसय ३८ मतदाता थिए । चुनावमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ भोट खसेको थियो । चुनावमा चार सय भन्दा बढी उम्मेदवार थिए ।

उनीहरुलाई शपथ ग्रहण गराउनु अघि बिधानको छलफल भएको भए निर्वाचन समितिलाई नै खारेज गर्न खोजिएको थियो । जसको कारण शपथ ग्रहण हुन सक्ने थिएन । केशब पौडेल पक्षका मान्छे रहेका बिश्व बराल निर्वाचन समितिमा रहेको कारण चुनावमा धाँधली गरेको आरोप लगाइदै आईएको थियो ।

जसको कारण चुनावको नतिजा पनि सहर्ष स्वीकार गर्न विपक्षीले मानिरहेको स्थिति थिएन । विपक्षीले विधान पास गर्ने समयमा निर्वाचन समिति नै खारेज गर्ने प्रस्ताव ल्याऊदै थिए । निर्वाचन समितिले धांधली गरेको र आईसीसीको डेलिगेट चुनाबपनि रहस्यमय तरिकाले गर्न खोजेकोले बिधान छलफल मार्फत उनिहरुलाई हटाई नयाँ कार्यसमितिलाई शपथ ग्रहणको लागि संकटको बातावरण बनाउन उक्त पक्षको चाहना रहेको बताइन्छ ।