बुटबल, २१ चैत्र । एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले जेठ १५ मा संबिधान वनाउन सके नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीको जित हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराइले जेठ १५ मा संबिधान जारी गर्न सहमति हुन सके प्रधानमन्त्री कोईराला सफल प्रधानमन्त्री बन्ने वताउंदै कोईराला, केपी ओली र माओवादी सबैको बिजयी हुने बताए ।
उनले विगतका आन्दोलनकारी शक्तिवीच भएको सहमतिमा संबिधान वनाउनु पर्ने कुरामा जोड दिंदै संबिधान जारी गर्न सहमतिमा जेठ १५ को मिति तोके जनतामा बिश्वास समेत बढ्ने बताए ।
कुनैपनि मुलुकमा संबिधान अंकगणितका आधारमा जारी नहुने दावी गर्दै नेता भटराईले अधिकतम बिषयमा सहमति गरी संबिधान जारी गर्नु पर्ने तर्क गरे । उनले सरकारले २३ गते संसदको बैठक बोलाएर द्धन्दको वातावरण सृजना गरेको समेत आरोप लगाए ।
जेठ १५ मा संविधान जारी गरे सबैको जीत






