भोला लामिछाने
बार्सिलोना । बाग्लुङ समाज स्पेनले चैते दशैको अवसर पारेर बार्सिलोना विशेष कार्यक्रम गर्ने भएको छ । समाजको बैठकले मार्चको अन्तिम हप्ता उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
कार्यक्रमलाई सभ्य भब्य बनाउनको लागि संस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा उपसमिती गठन गरिएको संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।
बाग्लुङ र चैतेदशै मेला एक अर्कामा परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागेको जानाकारी संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक क्षेत्रीले जानाकारी दिए ।
समाजका सचिव अरुणअनामी घिमिरेले भने, ‘यो हामी सबैको कार्यक्रम हो, स्पेनमा रहेका सम्पूर्ण संघसंस्थालगायत सबैलाई निमन्त्रणा गरिएको छ, अन्य कार्यक्रम नजुधाई दिनु हुन अनुरोध गर्दछु ।’






