लण्डनमा जनसम्पर्क समिति यूकेले गर्‍यो,कांग्रेस नेता सञ्जय गौतम सँग बृहद-अन्तर्क्रिया

शिब भण्डारी

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतको आयोजनामा एक स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको भ्रात्री संस्था नेपाली जनसम्पर्क समिति युकेले एक कार्यक्रमका बीच राष्ट्रिय मेलमिलाप दिवस मनाएको हो ।

आइतबार नेपाली जनसम्पर्क समिति युकेका सभापति युबराज गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री संजय कुमार गौतमले नेपाली कांग्रेसभित्र अहिले देखिएको विवादलाई पार्टी तथा मुलुकको समग्र हितलाई आधार मानेर समाधान गर्नु पर्ने सुझाव दिए। हामी कहाँ इस्सु भन्दा इन्ट्रेस्टका आधारमा सहमतिमा पुग्ने प्रचलन छ। त्यसैले हामी सबैले नेतृत्वलाइ इस्सुका आधारमा विवाद सुल्झाउन आग्रह गर्नुपर्छ, उनले भने। यदि हामी विधि र पद्धति अनुसार चल्यौं भने अहिले देखिएका समस्या समाधान हुन्छन, गौतमले भने। नेपाली कांग्रेस बर्दिया जिल्लाका सभापति पनि रहेका साम्सद गौतमले गुट, उपगुट नभएर समग्र कांग्रेसको निर्माणमा आफु लागि नै रहने प्रतिवध्दता पनि व्यक्त गरे।

सभापति युवराज गुरुङले नेपाली कांग्रेस विधि विधानले चलेको पार्टी भएको बताएका छन् । उनले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सञ्जय गौतमको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा उनले पार्टी निर्णय सबैले मान्नुपर्ने बताए । पार्टीभित्र असन्तोष भयो भन्दैमा गुट तयार गरेर बेग्लै छलफलमा जानु हुँदैन, पार्टी निर्णयलाई सबैले शिरोपर गर्नुपर्ने बताए । अहिले आन्तरिक विवादमा रुमलिने समय नेपाली कांगे्रसलाई नभएको भन्दै अध्यक्ष गुरुङले भने, ‘पार्टीभित्र उत्पन्न असहमतिलाई छलफल गर्न सकिन्छ ।’ नेपाली कांगे्रस यतिबेला विचलित भएको बताए । उनले भने, ‘यसरी विवादमा रुमालिने हो भने नेता मात्र सकिँदैनन् पार्टी नै धरासायी बन्न सक्छ ।’ नेपाली जनसम्पर्क समिति बेलायतलाई सफल नेतृत्व दिएका अध्यक्ष गुरुङ पार्टीको संस्थापन पक्षमा बलियो पक्कड राख्छन् ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति युकेका उपसभापति तर्कजंग गुरुङ,पूर्व  सभापति लोक गुरुङ,सल्लाहकारहरु विश्व आदर्श पण्डित, शेर बहादुर सुनार, योगेन क्षेत्री, एनआरएनए यूकेका पूर्व महासचिब राज कुमार त्रिपाठी, विज्ञान प्रसाईं, थर्क सेन लगाएतका वक्ताले नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री तथा नेपाली कांग्रेसका एक जना संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको र नेपाली कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बतएका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति नेदरल्यांड्सका प्रतिनिधि राजेन्द्र कंडेल,कांग्रेस नेतृ कुमारी गुरुङ,महामन्त्री सूर्य तामाङ,बेलायतस्थित चलचित्र कलाकार संघकी अध्यक्ष एबम सहमहामन्त्री रोमिन लिम्बु,सहमहामन्त्री इन्द्रहांग लिंग्देंन सह कोशाध्क्ष कुश बस्नेत लगायतको उपस्थिति थियो।नेपाली जनसम्पर्क समिति युकेकी उप सभापति कोपिला लिम्बुले स्वागत गरेकी थिइन् भने अर्का उपसभापति महेश दाहालले सबैलाई धन्यवाद दिएका थिए।

कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरोका काउन्सिलर एबं नेपाली जनसम्पर्क समिति युकेका महामन्त्री प्रबेश केसीले औपचारिक कार्यक्रम सञ्चालन गर्दै उपस्थितहरुलाई हार्दिकता ब्यक्त गरे

कार्यक्रममा बोल्ने वक्ताहरुले देशको परिवर्तनशिल राजनैतिक घट्नाक्रससंगै विदेशमा बस्ने कांग्रेसी बीच एकताको खाचो रहेको विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *