जिनर्जीले ल्यायो कम्युनिटी स्किम, कोर्डिनेटरको जिम्मेवारी मेगलाई

लण्डन । बिजुली र ग्याँस वितरण गर्दै आएको जिनर्जीले नेपाली कम्युनिटीका लागि नयाँ स्किम ल्याएको छ । यसअघि अपरेसन मेनेजरको रुपमा रहेका मेग गुरुङले नेपाली कम्युनिटीसँग समन्वय गर्ने जिम्मेवारी पाएसँगै उनले नेपाली कम्युुनिटीलाई सहयोग गर्ने उद्देश्य अनुरुप नयाँ स्किम ल्याएका हुन् । उनका अनुसार कुनै पनि कम्युनिटीमार्फत कम्तिमा १० वटा घरले बिजुली र ग्याँसको ग्राहक बनेमा प्रति घर २० पाउण्डको दरले बार्षिक २०० पाउण्ड पाउनेछन् । सोही अनुसारग्राहक संख्याको आधारमा सो रकम वृद्धि हुदै जानेछ ।

जिनर्जीले ब्रोकरलाई दिदै आएको रकम सिधैं नेपाली कम्युनिटीलाई दिएमा कम्युनिटी पनि आफ्नो उद्देश्यमा अघि बढ्न सहयोग हुने विश्वासका साथ सो नयाँ योजनाबजारमा ल्याइएको गुरुङ बताउँछन् । आपूmहरुले कम्युनिटीलाई मात्र होइन,सम्बन्धितग्राहकलाई समेत शुरुमा ५० पाउण्डको क्रेडिट उपलब्ध गराउदै आएको र संगसंगै बजारभाउमा समेत अरु इनर्जीको तुलनामा सस्तो हुने गुरुङको भनाई छ । प्रति घर वार्षिक २० पाउण्ड प्रदान गर्ने योजना सानो देखिएता पनिकुनै पनि संस्थामार्फत एक हजार घर ग्राहक बनेको अवस्थामा प्रत्येक बर्ष सोसंस्थाले २० हजार पाउण्ड पाउने छन् ।

जसबाट नेपाली कम्युनिटीले अझ च्यारिटीमा थपसहयोग गर्न सक्ने विश्वास लिइएको छ । जिनर्जी भूतपूर्व ब्रिटिश गोर्खाजहरुको सक्रियतामा सन् २०१३ सालमास्थापना गरेको संभवता पहिलो नेपालीहरुले संचालन गरेको इनर्जी कम्पनी हो ।जिनर्जीले कम्पनी स्थापना भएको ६ बर्षमा २२ जना नेपाली फ्रेश ग्रेज्यूयट (भाञ्जाभाञ्जी) लाई रोजगार प्रदान गरेको छ भने करीब २० हजारभन्दा बढी मिटर पोइन्ट जोडेर थुप्रै ग्राहक बनाउन सफल भएको छ ।

त्यस्तै, जिनर्जीले आफ्नाग्राहकहरुको सेवा, सुविधा र फाईदालाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुसंग सहकार्य गरेकोसमेत जनाइएको छ । जसअनुसार हालै होम ट्रि संग पहिलो समझदारी भएको छ । जसलेप्रतिस्पर्धात्मक दरमा ग्याँस बोइलर सर्भिस र होम कियर इन्स्योरेन्स गर्दछ ।संगसंगै ७५ पाउण्डको एमाजन भौचर समेत प्रदान गर्नेछ । बेलायतका अधिकांश शहरमा सेवा उपलब्ध गराउन सकिने जिनर्जीमा अंग्रेजी,नेपालीर हिन्दी ३ भाषामा कुरा गर्न सकिने छ । त्यस्तै, जिनर्जीको नयाँस्किम बारे बुझ्न चाहेमा ०१२५२४९४१४१ फोन नम्बर वा

community@gnergyuk.comईमेलमार्फतसम्पर्क गर्न सकिने छ । त्यस्तै, विस्तृत जानकारीका लागि www.gnergyuk.com मा जान सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *