तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ नारी निकुञ्ज (वोमन फोरम) ले सुदृढ पारिवारिक सम्बन्ध (हेल्थी फेमिली रिलेशनसिप) सचेतना कार्यक्रम सम्पन्न ग-यो । गत १३ डिसेम्बर शुक्रबारका दिन सम्पन्न उक्त कार्यक्रम रकडेलमा रहेको थर्डआई रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
नारी निकुञ्जकी न्यु साउथ वेल्स (एनएसडब्लु) की राज्य परिषद् संयोजक मोहिनी लिम्बूको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सभापति अध्यक्ष नारी निकुञ्ज संयोजक सन्ध्या शाहले गरेकी थिइन् । उनले भनिन्, विशेषः नेपाली समुदायका अगुवाहरुलाई पनि पारिवारिक सम्बन्धबारे सचेतना फैलाउन आवश्यक छ । किनभने समुदाय भएका घटनाको जानकारी सबैभन्दा पहिला उहाँहरुलाई नै आउँछ, त्यसपछि के गर्ने भन्ने कुरा उहाँहरुलाई सबै जानकारी हुँदैन । त्यसैले नेपाली समुदायका नेताहरुले यस्ता कुरा जान्न जरुरी छ ।’
अध्यक्ष शाहले भनिन्, ‘नेपाली विद्यार्थीलाई कार्यस्थलमा यौन दुव्र्यहार हुने घटना बारम्बार दोहोरिएको गुनासा रहन्छन । यदि त्यस्तो भयो भने के गर्ने भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । त्यस्तो अवस्थामा नारी निकुञ्जको ढोका जहिले खुला छ ।’ नारी निकुञ्ज महिलाको सेवाका लागि खुलेको जानकारी दिँदै उनले भनिन, ‘घरेलु हिंसामा रहेका महिलाहरुको न्यायका लागि हामी पुल बन्ने काम गछौं । पीडितलाई न्यायको ढोकासम्म पु-याउने काम नारी निकुञ्जले गर्छ ।’

कार्यक्रमबारे वमन्स एन्ड जस्टिसको तर्फबाट एमएस डिलीले बोलेकी थिइन् । उनले विभिन्न ठाउँबाट आएका विद्यार्थी तथा महिलाहरु दिदीबहिनीहरुलाई घरेलु हिंसा भयो भने के गर्नुपर्छ भन्ने थाहा नहुनसक्छ । हामीसँग दोभाषेसहितको सुविधा छ । त्यस्ता थाहा नभएकाहरुका लागि आफ्नो संस्थाले बाटो देखाउने बताइन् । आफ्नो संस्थासँग कानुनी सेवादेखि लिएर हरेक कुराको सुविधा छ, त्यसको प्रयोग गर्न उनले अनुरोध गरिन् ।
एमसीएलओ फर्म द प्रहरी प्रशासनकी किमले आफ्नो धारणा राखेकी थिइन् । उनले भनिन्, ‘धेरै मानिसहरुले आफ्ना कुरा प्रहरीसँग भन्न डराउँछन्, तर उनले नडराउन आग्रह गरिन् ।’ प्रहरीभित्र पनि विभिन्न भाषाबाट सेवा उपलब्ध भएकाले निर्धक्क भएर आफ्ना कुरा राख्न उनले अनुरोध गरिन् ।
यस्तै लिगल एडबाट विन्डे मिओरले पनि आफ्ना कार्यालयको ठेगाना बताइन् । जहाँबाट प्रहरीमा गइसकेपछि अपनाउनुपर्ने कानुनी कारबाहीको सुविधा उपलब्ध गराएको छ । समस्या भए पनि कतिपय मान्छेहरु आउँदैनन, उनीहरु सिधैं सोलिसिटरकहाँ जाने गर्छन् । सिधैं वकिल लिनुभन्दा पहिला लिग एडमा आएर आधारभूत सुविधा लिन उनले अनुरोध गरिन् ।

नेपाली दूतावासबाट उपनियोग प्रमुख द्रुपदा सापकोटाले नेपाली समुदायका लागि धेरै कुरा दूतावाससँग जोडिएको हुनुपर्छ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताइन् । पीडितलेहरुले खबर गरे, दूतावास सहयोग गर्न तयार छ ।
नारी निकुन्जकी सचिव स्वीकृत भट्टले सञ्चालन गरेको उक्त कार्यक्रम नेपाली राजदूतावासको सहयोग रहेको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा न्यू साउथ वेल्सका संयोजक देव गुरुङ, ओसियाना संयोजक होम पाण्डे, महिला संयोजक भूमा लिम्बू तथा नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो ।






