लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ लण्डनमा जारी मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड जितेकी छन् । यसअघि अनुष्का हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वर्ल्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट भएकी हुन् ।
बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणापछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।लन्डन एक्सेलमा मिस वल्र्डमा को फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ शनिबार हुने ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न यतिखेर १२५ देशका सुन्दरी लण्डनमा छन् ।






