नेपाल लाइब्रेरी फाउण्डेसनको युरोप संयोजकमा शिवजी श्रेष्ठ

लन्डन । नेपाल लाइब्रेरी फाउण्डेसनको युरोप संयोजकमा शिवजी श्रेष्ठ मनोनय भएका छन् । फाउन्डेसनको छैठौ वार्षिक साधारणसभाले श्रेष्ठलाई युरोप संयोजकमा मनोनय गरेको हो । युरोप संयोजक श्रेष्ठ बेलायत निवासी हुन् । श्रेष्ठले आफ्नै पहल एवम् विभिन्न श्रोत परिचालन गरी ओखलढुंगा, खोटाङ, ईलाम र पोखरामा ७ वटा इ–लाइब्रेरी स्थापनामा महत्वपूर्ण भूमिका निभाइसकेका छन् ।बेलायतमा ब्यबसाय गरिरहेका पूर्व डिएसपी श्रेष्ठ नेपालका लागि बिभिन्न च्यारिटीमा  समेत सहयोग गर्दै आएका छन् ।

फाउण्डेसन अध्यक्ष कपिलदेव थापाको अध्यक्षता र प्रमुख संरक्षक एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी लाइब्रेरी टास्क फोर्स संयोजक नरेश कोइरालाको प्रमुख आतिथ्यमा गतसाता काठमाडौंमा साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले गत बर्षको वार्षिक, आर्थिक प्रतिबेदन, आगामी कार्यक्रम र केही महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

यसका साथै नयाँ कार्यसमितिको चयन गरेको छ । सो कार्यसमितिको संयोजकमा न्युजिल्याण्डका चक्रबहादुर थापा र सहसंयोजकमा आयरल्याण्डका गंगाराम कँडेल रहेका छन् । कँडेल नेपाल विमा संस्थानका अध्यक्ष समेत हुन् । हाल २२ देश समेटिने गरी २२ सदस्यीय अन्तराष्ट्रिय समिति विस्तार भएको छ ।

शिक्षाको विकासको लागि सबैलाई लाइब्रेरीको महत्व बुझाउँदै देशको दुरदराजसम्म पनि लाइब्रेरीको सञ्चालन गर्ने उदेश्यले स्थापित यस फाउन्डेशनको साधारणसभामा संस्थाका संरक्षक, सल्लाहकार, आजीवन सदस्य लगायतको उपस्थिति थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *