लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गरेका छन । समाजसेवा गर्न निकै रुची राख्ने स्वभाव भएका लामिछानेले मन्दिर भवनका लागि शिब लिङ्ग चढाएर सहयोग गरेका हुन । अब यस मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग रहने भएको छ।
युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछाने लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहमा लामिछानेले उक्त मूर्तिको प्रतिकृति बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे। राजदूत सुवेदीले सो मूर्ति शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहितकुमार गुरुङलाई हस्तान्तान्तरण गरेका थिए।

राजदूत सुवेदीले मठ, मन्दिर, गुम्बा थपेर बेलायतलाई सानो नेपाल बनाउन आग्रह गरे। उनले यस्ता संस्कृतिक सम्पदाले नेपाली नेपालीबीच एकता बढाउन मद्त पुग्ने बताए । राजदूत सुवेदीले ‘वसुधैव कुटुम्वकम् ‘ को मर्म अनुरुप सनातन परिवारका सबै सदस्यहरुलाई समावेश गरेर अगाडी बढ्न पनि आग्रह गरे। उनले अल्डरसटको घना नेपाली वस्तीको बीचमा नेपाली मन्दिर स्थापना गरिएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए ।
सो अवसरमा शिव सांस्कृतिक तथा सामुदायिक केन्द्र अल्डरसटका अध्यक्ष रोहित कुमार गुरुङले समाजसेवी, धर्मसेवी लामिछाने लगायत मन्दिर स्थापना गर्न सघाउने सबै सहयोगीलाई धन्यवाद दिए ।
समारोहको शुरुमा पण्डित निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए। शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका महासचिव विक्रम भट्टराईले सम्भव भए सम्म आउंदो शिवरात्रीमा प्राण प्रतिस्ठा गरी सबै मूर्तिहरुलाई मन्दिरमा स्थापना गर्ने योजना रहेको बताएका छन् ।

सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन ३ दिने वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बाट श्रीमद्भागवत पुराण तथा वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन समेत गरको थियो ।
ज्योतिष विज्ञान र पौराणिक कथा अनुसार शिव लिङ्ग विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा भक्तजनहरु भाकल गर्ने महादेवको दर्शनका लागि पनि आउने चलन छ ।






