लन्डनमा पर्यटन मन्त्री योगेश भट्टराई लाई यसरी गरियो स्वागत:भिडियो (फोटो फिचर)

शिब भण्डारी / प्रकाश कंडेल

लन्डन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत आइपुगेका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी,प्रवक्ता शरदराज आरण, दुतावासका तृतीय सचीव तेजेन्द्र रेग्मी हिथ्रो विमानस्थलमा मन्त्री भट्टराईको स्वागतका लागि पुगेका थिए। यस्तै प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी पनि मन्त्री  भट्टराईको स्वागतका लागि विमानस्थल पुगेका थिए।

मन्त्री योगेश भट्टराईको साथमा सहसचिव घनश्याम उपाध्याय, पर्यटन बोर्डका कार्यकारी अध्यक्ष दिपक जोशी र अधिकृत लक्ष्मण गौतम लगायत लन्डन आइपुगेका छन् ।

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुने वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आइ पुगेका हुन् । एक साता लामो बेलायत भ्रमणका क्रममा भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलबार दूतावासमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन्।

त्यसैगरी मन्त्री भट्टराईले गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा आयोजनामा गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्ने तथा वेलायतस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एनआरएन युकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन्।

विमानस्थलमा मन्त्री भट्टराईको स्वागत यसरी गरिएको थियो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *