सेक्स विवाह पूर्व वा पछि त्यो ‘माई च्वाईस’: दिपिका (भिडियो)

बलिउड अभिनेत्री दिपिका पादुकोणले महिलाहरुले बिहे पहिले वा पश्चात शारिरिक सम्बन्ध राख्ने भन्ने कुरामा उनिहरुको नै च्वाईस रहने बताएकी छिन् ।  विहेअघी कि पछी शारिरिक सम्बन्ध राखुं त्यो ेरो च्वाईस हो भन्दै उनले यसका अरु कसैले चासो दिन पर्ने र आश्चर्य मान्नुपर्ने नभएको तर्क गरिन् ।

दीपिकाको साथमा बलिउडका थुप्रै हस्ती देखिएका छन् ।यो भिडियोलाई होमी अदाजानियाले निर्देशन गरेका हुन् । यो छोटो चलचित्रले भारतको रुढीवादी संकार र महिलाको स्वतन्त्रताको बिषयमा उठ्ने आवाजको विरुद्ध आवाज उठाएको छ ।

यो चलचित्रमा दीपिकाले नै आवाज दिएकी छिन् । सार्वजनिक भएको यो छोटो चलचित्रमा दीपिकाले भनेकी छिन्-‘कुनै यूवतीले के पहिरन लगाउने भन्ने फैसला उसको नीजि हो । कसैलाई महिलाले एकछिनका लागि चाहन्छन् या सधैभरि यो पनि महिलाको फैसला हो ।’

भिडियोमा दीपिकाले आवाज दिदै भनेकी छिन्-‘म बिहे अगाडि शारीरिक सम्बन्ध राखु या बिहे पछि या कहिले पनि नराखौं, यो मेरो नीजि जिन्दगीको कुरा हो । र यो फैसला मेरो हो ।’
यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

भिडियोः