यस्तो थियो– एनआरएनए एयरपोर्ट प्रकरणमा

तक्दीर अधिकारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनमा सहभागिताका लागि हामी त्रिभुवन विमानस्थलमा १३ सेप्टेम्बर आइतबार राति साढे १० बजे उत्रियौं । त्यस दिन दिउँसो चिनियाँ राष्ट्रपति सि जिमपिङको नेपाल भ्रमण अन्त्य गरी स्वदेश फर्केका लागि विमानस्थल एकदमै व्यस्त देखिन्थ्यो । व्यस्त अध्यागमनमा हामी पनि भिसा लिने तयारी गर्दै थियौं । हाम्रो समूहका दिपक पहारीको नेपाली पासपोर्ट भएका कारणले हामीसँग विदा लिएर उहाँ बाहिरिनु भयो । त्यसपछि हामी पाँचजना रमेश थापा, उषाकिरण बारिया, रमेशजीको छोरा पारस थापा, दीपराज सापकोटा र म बाँकी रह्यौं ।

भिषा लगाउने प्रकृया हामीले सुरु ग-यौं । यो प्रकृयाका लागि तीनवटा स्टेप पार गर्नुपथ्र्यो । पासपोर्ट स्क्यान गरेर मिसिनमा फर्म भर्नुपथ्र्यो । त्यसको रिसिभ लिएर शुल्क बुझाउन जानुपथ्र्यो । शुल्क बुझाएको रिसिभ बोकेर भिषा लिन अध्ययगमनको लाइनमा बस्नुपथ्र्यो ।
भिषा लिनका लागि अध्ययगमनमा एकदमै भिडभाड थियो । कुनै कुरा व्यवस्थित थिएन । मानिसहरु ठेलमठेल गरिरहेका थिए । कोही मानिसहरु सुतिरहेका थिए, केही विदेशीहरु आलस्य भएर लाइनमा बसेको देखिन्थ्यो ।

पहिलो प्रकृयाका लागि हामी लाइनमा बस्यौं । त्यो लाइन धेरै लामो थियो । हामीले पासपोर्ट मिसिनमा स्क्यान गरेर फर्म भरियो । स्क्यान गर्ने एक चौथाइ मिसिन बिग्रेका थिए । कुनैमा साइन थियो, कुनैमा थिएन, कुनै मिसिनको डिस्प्लेले काम गरेको थिएन । भर्नुपर्ने फर्म पनि सिस्टमेटिक थिएन । स्ट्रिट नाम र नम्बर हाल्नुपर्ने थियो । नेपालको हकमा स्ट्रिट नाम र नम्बर क्लियर थिएन । जसले गर्दा पहिलो पटक नेपाल पुगेका विदेशीहरुले फर्म भर्न नजान्दा समय धेरै लागेको थियो ।

फर्म भर्ने विधि त्यहाँका कर्मचारीलाई मात्र थाहा थियो । लामो भिड नसरेपछि हामीले कर्मचारीको सहयोग माग्यौं । कर्मचारी सेवाग्राहीबाट ओझेल पर्न खोज्थे । हाम्रो समस्या र आवाज उनीहरु सुन्न चाहदैन थिए । अन्ततः फर्म भर्नका लागि सहयोग गर्न हामीले एकजना कर्मचारीसँग अनुरोध ग-यौं । उनले केही क्षण सहयोग पनि गरे, त्यसपछि उनी हिडें । त्यसपछि हामीले अर्को एक कर्मचारीलाई सहयोगको आग्रह ग¥यौं ।
लामो लाइन छिचोलेर हामीले पासपोर्ट स्क्यान ग-यौं, त्यसपछि भिषाको दस्तुर बुझाउने लाइनमा बस्यौं । त्यो लाइन पनि एकदमै लामो थियो । त्यो लामो लाइन पनि पार गरेर दस्तुर बुझाइयो । त्यसपछि हामी अध्यायगमनको भिषा लिने लाइनमा बस्यौं ।

त्यसपछि सुरु हुन्छ, अध्ययगमन लफडाको राम कहानी । सुरुमा रमेशजीका छोरा पारश र उषाकिरण बारियाजी मभन्दा अगाडि हुनुहुन्थ्यो । म तेस्रो नम्बरमा थिएँ, रमेशजी चौथो र दीपराजजी पाँचौं नम्बरमा हुनुहुन्थ्यो । त्यसबेला लगभग १२ बज्न १५ मिनेट बाँकी थियो जस्तो लाग्छ । हामी भिषा प्राप्त गर्ने काउन्टर नजिक पुग्यौं । हाम्रो पाँचजनाको समूहभन्दा अगाडि अर्को पाँचजना विदेशीहरुको समूह थियो । हाम्रोभन्दा दायाँ साइटमा गे्रटिस भिषा लगाउने काउन्टर थियो । र, त्यहाँको लाइनमा सेवाग्राही थिएनन्, कर्मचारीहरु फुर्सदमा थिए । खाली काउन्टरबाट हाम्रो काम हुन्छ ? भनेर त्यस दिन डिउटीको कमाण्ड सम्हालेर बसेका इन्चार्जलाई सोध्यौं । एकछिन अकमकाएपछि उहाँले हुन्छ, त्यो लाइनमा बस्नुहोस् भन्नुभयो । हामीभन्दा अघि बसेका विदेशीलाई त्यो लाइनमा जान संकेत ग-यौं । ग्रिटिस भिषा देखेकाले उहाँहरु त्यो लाइनमा जान मान्नु भएन ।

त्यसपछि हाम्रो पाँच जनाको समूह त्यो ग्रेटिस भिषा लगाउने लाइनमा बस्यौं । हामीले पाँचैजनाको पासपोर्ट त्यो काउन्टरमा दियौं र लाइनमा बस्यौं । त्यो काउन्टरमा एक महिला र अर्का एक पुरुष कर्मचारी हुनुहुन्थ्यो । पासपोर्ट हामीले ती महिला कर्मचारीको हातमा दियौं, उहाँले पासपोर्ट हेरेपछि अलि खरो भाषामा तपाईंहरुको यो लाइन होइन पछाडि गएर लाइनमा बस्नुहोस् भन्नुभयो । यहाँका इन्चार्जलाई सोधेरै हामी लाइनमा बसेका हौं भनेर ती कर्मचारीलाई सम्झाउने प्रयास ग-यौं । ती कर्मचारीले इन्चार्जलाई सोध्नुभयो, त्यसपछि उहाँले भन्नुभयो, म लगातार ६ घन्टादेखि काम गरिरहेको छु, मसँग भिषाको स्टिकर छैन, त्यसैले तपाईंहरु पछाडि नै गएर लाइनमा बस्नुहोस् म यहाँबाट भिषा दिन्न भन्नुभयो । इन्चार्जसँग सोधेरै लाइन बसेका हौं, अब कहाँ पछाडि लाइनमा बस्न जानु, यही भिषाबाट भिषा लगाइदिनुस् न भनेर उषाजीले अनुरोध गर्नुभयो ।

 

त्यसपछि विवाद सुरु भयो । म चाहिँ त्यहाँ वरिपरीको फोटो खिच्न थाले, वादविवाद हुँदा ती महिला कर्मचारीले भनिन्, ‘तिमीहरु नेपाली अस्ट्रेलियन पासपोर्ट बोक्दैमा जे मन लाग्यो, त्यही काम हुँदैन । खुरुक्कै पछाडि गएर लाइनमा बस्नुहोस् म यहाँबाट भिषा दिन सक्दिनँ ।’ यता, उषाजीले पटक पटक उहाँलाई सम्झाउने प्रयास गर्नुभयो । इन्चार्जसँग सोधेरै लाइनमा बसेका हौं, हामीलाई भिषा दिएर सहयोग गर्नुस् भन्नुभयो ।

त्यसपछि प्रतिउत्तरमा उषाजीले ठ्याक्कै के भन्नुभयो, मैले सम्झन सकिनँ, तर ती महिला कर्मचारी रिसले आगो हुनुभयो र आक्रमक शैलीमा काउन्टर छोडेर हामी भए ठाउँमा आउनुभयो । उषाजीमाथि हातपात नहोस् भनेर म उषाजीको अगाडि उभिएँ । घटनाको विवरण संकलन गर्न म भिडियो बनाउँदै थिएँ, त्यसपछि उहाँले भिडियो किन खिचिस् भन्न थाल्नुभयो ।

भिडियो किन खिचेको भन्दै इन्चार्जले भित्र कोठामा जान निर्देश गर्नुभयो । मलाई इन्चार्जको कोठामा लगियो । कुन प्रायोजनका लागि भिडियो खिचेको हो भनेर उहाँले मलाई सोध्नुभयो । इन्चार्जले प्रहरी वरिपरी खटाइ सकेका थिए । आइटी विज्ञलाई बोलाएर मेरो मोबाइलमा भएको भिडियो र फोटो डिलिट गर्न लगाइयो । मेरो सम्पूर्ण विवरण अध्ययनगमनले राख्यो । यस विषयमा कुनै सूचना बाहिर चुहाउन नपाउने सर्तमा मलाई बाहिर निकालियो । अध्ययगमनमा तस्बीर र भिडियो खिच्न हुँदैन भन्ने कुरा मलाई थाहा थिएन । त्यस हिसाबले मैले गल्ती गरेछु भन्ने महसुस भयो । त्यसपछि खुरुक्कै भिषा लिने लाइनको पछाडी गएर बसें ।

दीपराजजी र म सबैभन्दा पछाडि थियौं । रमेशजी, उहाँको छोरा र उषाजी अगाडि हुनुहुन्थ्यो । हामी लाइनमै बसेका बेला शिशा फुटेको आवाज आयो । त्यो शिशा कसरी फुट्यो भन्ने कुरा मलाई थाहा भएन ।

त्यसपछि त्यहाँको महोल झन् चर्कियो । ती महिला कर्मचारीले ए… शिशा फुटाउने तिमीहरु होइन्, तिमीहरु पाँचै जनालाई लगेर म थुन्छु भन्न थाल्नुभयो । ठूलो स्वरमा कराउन थालेपछि अरु कर्मचारीहरु पनि आए । छोरा पारसले रमेशजीलाई पछाडि ल्याउन थाले भने उषाकिरणजी कर्मचारीसँग कुरा गर्दै हुनुहुन्थ्यो । उषाजीलाई पनि हामीले सम्झायौं, उहाँ पनि बोल्न छाड्नुभयो । तर कर्मचारीहरुले पाँचैजनालाई डिर्पोट गर्नुपर्छ भन्न थाले । विशेषतः ती महिला कर्मचारीको आक्रोस हेर्न लायक थियो ।

यो घटना घटाउने हाम्रो उद्देश्य थिएन, हामीलाई भिषा दिएर बिदा गर्नुस् भनेर अनुरोध ग¥यौं । तर कर्मचारीले प्रहरी बोलाए । प्रहरीलाई पक्राउको आदेश दिइयो । उहाँहरुले केही गर्नुभएको छैन, किन पक्राउ गर्ने भनेर प्रहरीले भन्न थाले । इन्चार्जले सबैको पासपोट लिएर काउन्टरमा राखे । ती महिला कर्मचारीको आक्रोस कम भएको थिएन, उहाँले हामीलाई तथानाम गाली गर्नुभयो, जुन हामीले अभिभावक र गुरुबाट समेत सुनेका थिएनौं । त्यसैले गाली नगर्न हामीले उहाँलाई अनुरोध ग¥यौं ।

हामीलाई २ बजेसम्म राखियो । हामी समस्यामा प-यौं, कसरी बाहिर निस्कने भनेर म लगातार साथीहरुलाई सम्पर्क गरिरहेको थिएँ । पहिला बाहिर निस्कयौं, त्यसपछि सल्लाह गर्नुपर्छ भनेर बाहिरका साथीहरुबाट सुझाव पाइयो । अनि म पासपोर्ट त्यही छोडेर बाहिर निस्के । पासपोर्ट लिन अध्ययगमन कार्यालय कालिकास्थानमा आउन भनियो ।

भोलिपल्ट बिहानैदेखि कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले म काममा व्यस्त हुन थाले । एनआरएनए सम्मेलनको उद्घाटन सकिएपछि उषाजीले फोन गरेर पासपोर्ट लिन कालिकास्थान आउन भन्नुभयो । अपरान्ह ११ बजे नै म पासपोर्ट लिन अध्ययनगमनमा पुगें ।

पासपोर्ट लिन हामीलाई केही समय कुर्न लगाइयो । हामी अध्यागमनको क्यान्टिनमा चिया खान थाल्यौं । चियाँसँगै विमानस्थलको अध्ययगमन कार्यालयमा शिशा फुटाएको समाचार सामाजिक सञ्जालमा पढ्न थालें । त्यो समाचार देखेपछि मलाई चियाको तातोभन्दा समाचारले बढी पोल्न थाल्यो । पासपोट हात नपरेको अन्योलमा भकाभक नेपाली सञ्चारमाध्यममा शिशा फुटाएको समाचार सार्वजनिक हुन थाल्यो । एनआरएनएले शिशा फुटायो, अध्यायगमनमा तोडफोड गरे भनेर समाचार सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो ।

आएका सबै समाचार मैले अध्ययन गरे । सबै समाचारको कन्टेन्ट एउटै थियो, हेडलाइन  मात्र फरक । त्यो समाचारमा कर्मचारीले के गरेपछि त्यस्तो घटना भयो भन्नेबारे कतै उल्लेख थिएन । अर्का एक सञ्चारकर्मीले अध्ययगमनले जारी गरेको पे्रस विज्ञप्ति पठाउनु भयो । एनआरएनएले तोडफोड गरे, सम्झाउँदा मानेनन्, त्यसपछि पासपोर्ट जफत गरेर लगिएको छ भन्ने कुरा विज्ञप्तिमा उल्लेख थियो । लाग्थ्यो द्वन्द कालको समाचार जस्तो केही अग्न्यात ब्यक्तीहरु आएर आक्रमण गरेर गए  ।

अन्त्यमा सात घण्टाको पर्खाइे पछी  साँझ ६ बजेतिर हामीलाई पासपोर्ट दिइयो । त्यसपछि म पुनः एनआरएन सम्मेलन भएको स्थल हायत होटल फर्किये । हायतमै भेटिएका एकजना विदेशीलाई नेपालको अध्यायगमनबारे सोधें । उहाँ १२ तारिख आउनु भएको रहेछ बेलायती नागरिक ग्राम जोन हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, सबै ठीकठाकै थियो, तर एयरपोर्टमा मिसिनले काम नगर्ने, कर्मचारीको असहयोगी भावना मलाई नराम्रो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *