नेदरल्यान्ड्स । गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको आगामी बर्ष २०१९-२१ कार्यकालका लागि नयाँ कार्यसमिति छनौटसंगै आठौ अधिबेशन सम्पन्न भएको छ । नेदरल्यान्ड्समा रहेका विभिन्न राजनीतिक संगठन, सामाजिक संघसंथा हरुको सहयोग र समर्थनमा प्रतिनिधित्व रहने गरि गरिएको समाबेशी कार्यसमिति सर्बसम्मतले चयन गरेको हो । अथक प्रयासका बाबजुत उक्त प्रयास समितिमा रहेका सम्पूर्ण सदस्यहरुको र सामाजिक तथा राजनीतिक अभियन्ताको सहयोगबाट सम्भब भएको समन्वय समितिका संयोजक शशी पौडेलले जानकारी गराउनु भयो ।
आगामी २०१९-२१ कार्यकालका लागि आइसीसी सदस्य ठाकुर प्रसाद शर्मा (मनोहरि), एनआरएन नेदरल्यान्ड्सको अध्यक्षमा श्रीराम कडेल , वरिष्ठ उपाध्यक्ष मिम पुर्जा , उपाध्यक्षहरुमा क्रमस: अच्युत कट्टेल ,हेम कुमार भुजेल , हिरामणि पराजुली (अशोक) हिरण्य ओझा र कुश बजगाई रहेका छन । त्यसै गरि महिला उपाध्यक्षमा बर्षा खड्का, महासचिबमा संघर्ससिल केसी ,सचिबमा थमनबहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा, सह-कोषाध्यक्षमा रेशम गुरुङ, युवा संयोजकमा अमिर गुरुङ र महिला संयोजकमा राधा देवी शर्मा कडेल रहनु भएको छ ।

नर्थ होल्याण्ड को संयोजकमा सिता सापकोटा , साउथ होल्याण्ड को संयोजकमा राज कुमार श्रेष्ठ र लिम्बर्ग को संयोजकमा खड्ग रोक्का निर्वाचित हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा मिडिया संयोजक रहनेगरी द्रोण रिजाल, प्रवक्तामा शाबी पौडेल , चन्द्र कुवर, दिपक ढकाल, ध्रुब न्येपाने, गणेश थापा राम चन्द्र पोख्रेल, राम बुढाथोकी, राजेन्द्र कडेल, शा बेनेलग्जका लागि नेपाली राजदुत लोकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको अधिबेशनमा एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, कुमार पन्त, केन्द्रीय सदस्य पर्वत गुरुङ, केन्द्रीय सदस्य अर्जुनकुमार श्रेष्ठ लगायत विभिन्न संघसंथाका प्रतिनिथिको आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि लगायत अतिथिहरुले पानसमा दियो बालि अधिबेशनको उद्घाटन गरेका थिए भने कार्यक्रम संचालन शान्ति थोकरले गर्नुभएको थियो ।
– द्रोण रिजाल






