मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भयोः अर्थमन्त्री खतिवडा

gj gjlgo'Qm cy{dGqL 8f o'j/fh vltj8f dGqfnodf kbef/ u|x0f ub}{ . . tl:a/ /f]zg ;fksf]6f /f;;

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाइदा नपुग्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताए ।

मुलुकमा लगानीको वातावरण नबनोस् र हाम्रो पिठो फेरि बिकोस् भन्ने प्रवृत्ति रहेछ । नेपाल सरकारले दिएको तथ्याङ्क सही छैन यो ढाँटेको हो । निजी क्षेत्रले प्रमाणिकरण गरेर दिएको तथ्याङ्क पनि शंकाको घेरामा राख्ने र त्यसका लागि लबिङ गर्ने प्रवृत्ति पनि देखिएको छ । आफ्नै अर्थतन्त्र, आफ्नै मुलुकलाई कमजोर देखाउने परिपाटीले हामी एउटै डुङ्गामा सवार गर्ने को चाहिँ बचौँला ?,’ अर्थमन्त्री खतिवडाले भने, ‘हाम्रो आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कोहीले पनि नगरौँ ।’

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भइरहेकोमा आपत्ति पनि जनाए ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिए ।

उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *