रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दायर

भरतपुर । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने सहित तीन जना बिरुद्ध मुद्दा प्रक्रिया अघि बढने भएको छ । दोस्रोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अभियोगपत्र दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले घटनासँग अनुसन्धान पुरा गरेर सबन्धित मिसिल जिल्ला सरकारी वकिललाई बुझाएको जानकारी दिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा घटनाको अनुसन्धानमा खटिएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूराले अनुसन्धान पुरा गरेर मिसिल सरकारी वकिललाई बुझाएको छ । प्रहरीले पक्राउ परेका लामिछाने सहित तीनैजनामाथि आत्महत्या दुरुत्साहन अभियोगमा पाँच बर्ष जेल र पचास हजार जरिवानाको माग गरेको छ ।

म्याद सकिएपछि प्रहरीले आज विहान दश बजे लामिछाने सहित तिनै जनालाई अदालतमा उपस्थित गराएको छ । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आज नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका जनाएको छ । पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा प्रहरीले तीनै जनालाई दश दिनअघि काठमाडौंवाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *