लन्डन । बेलायतमा यूके नेपाल इन्टरनेशनल बडी बिल्डिङ लिग द्वारा आयोजित शारिरीक सुगठन प्रतियोगितामा मनन गुरुङ ‘च्याम्पियन’ बनेका छन् । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेज हलमा शनिबार सांझ आयोजित प्रतियोगितामा २९ वर्षीय गुरुङ सातौं ‘मिस्टर यूके नेपाल २०१९’ भएका हुन् । उनले एकहजार पाउण्डको चेक, मेडल र ट्रफी पाए । जितपछि उत्साहित हुंदै मननले यस प्रतियोगिताले आफ्नो आत्मबल झन् बढेको बताए ।
स्वस्थ्य रहनु जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो’, विगत पांच वर्षदेखि निरन्तर ब्यायममा लागेका उनले भने, ‘प्रतियोगिताले युवाहरुलाई प्लेटफर्म दिनेमात्र होइन, स्वस्थ्यप्रति सजग रहन र सही बाटोमा लाग्न उत्प्रेरित गर्ने मेरो बुझाइ छ ।’ मास्टर र ओभरअल गरि ११ जना प्रतिष्पर्धी रहेको उक्त प्रतियोगितामा सागर बिक फस्ट रनरअप भए भने सेकेन्ड रनर अप उपाधि तारा गुरुङले जिते । कार्यक्रममा मिस्टर यूके २०१४ प्रतियोगिताका पदक विजेता बिशान गुरुङ एबं २०१८ का विजेता हिमाल भुजेल समेत खेलमा सहभागी थिए ।
मास्टरतर्फ खगेन्द्रराज गुरुङ विजेता बने भने फस्ट र सेकेन्ड रनरअपमा क्रमशः क्याप्टेन उमेश पुन र नेत्र फगामी भए । प्रतियोगितामा क्रिस र हेलेन निर्णायक थिए । प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, आयोजक संस्थाका अध्यक्ष सुक गुरुङ, प्रमुख सल्लाहकार शुक्र राई, धन सार्की लगायतले विजेतालाई उपाधि प्रदान गरेका थिए । 






आयोजक यूके नेपाल इन्टरनेशनल बडी बिल्डिङ लिगका अध्यक्ष सुक गुरुङले स्वस्थ्य सचेतना र युवाहरुलाई अवसर प्रदान गर्न विगत सात वर्षदेखि प्रतियोगिता गरिंदै आएको जनाए । उनले खेलाडीहरुलाई ‘ओलम्पिया’ सम्म जान सक्ने वातावरण सहित् प्रतियोगिता गरिएको बताए । सो अवसरमा मोडलहरु अनिता लिम्बु र जेनी सुनुवारले नृत्य र गायिका प्रिती आलेले गायनमार्फत मनोरन्जन दिलाएका थिए ।
सूर्य गुरुङले सन्चालन गरेको उक्त कार्यक्रम सफल बनाउन मिसेस यूके नेपाल टिम, ह्यारी गुरुङ लगायतको भूमिका थियो ।कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवम् इन्टरनेशनल प्रमोटर किशोर गुरुङ, सल्लाकार गंगा गुरुङ, नारायण गुरुङ र कार्यक्रम सञ्चालनक सूर्य गुरुङ, साउण्ड सिस्टमको भूमिकामा रहेका दिब्य गुरुङ, व्यवस्थापनमा सहयोग गरेका ह्यरी गुरुङलाई आयोजकले विशेष सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने स्वयसेवक, कार्यक्रम स्पोन्सर, कार्यसमितिका साथीहरु,कार्यक्रममा उपस्थिति भएर सर्पोट गरिदिने दर्शक अभिभावकलगायत लन्डन नेपाल न्यूजबाट कार्यक्रम प्रत्यक्ष हेरेर देश विदेशबाट साथ दिने सम्पूर्ण दर्शक महानुभावहरुलाई धन्यवाद दिन चहान्छौं । अध्यक्ष तथा कार्यसमितिको तर्फबाट शुक गुरुङ, यूके नेपाल बडिविल्डिङ लिग।






