एनआरएन युकेको महासचविमा आरके त्रिपाठी ‘ह्याट्रिक’ गर्ने तयारीमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके महासचिव राजकुमार त्रिपाठीले पुनः  महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्रिपाठीले गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्बर १४ तारिख हुने आसन्न निर्वाचनमा महासचिव पदको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । एन आर एन युकेको सफल महासचिवका रुपमा स्थापित वर्तमान एनआरएन युके महासचिव त्रिपाठीले १९–२१ का लागि पनि पुनः उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएन यूकेमा महासचिव रहँदा संस्थालाई चलायमान बनाउन प्रमुख भूमिका खेलका त्रिपाठीले आफ्ना एजेन्डाहरु छिटै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भन्दै  पुनः दोहोर्‍याउने घोषणा गरेका हुन् ।

बेलायतमा एक दशक भन्दा बढि विभिन्न सामाजिक कामहरुमा सक्रिय व्यक्तित्व आरके त्रिपाठी पेशाले सिभिल ईन्जिनियर हुन् । एनआरएन यूकेलालाई संस्थागत सञ्चालनमा योगदान दिएका त्रिपाठीले दोहोरो नागरिकता, भूपू गोर्खाहरुको अधिकार सुनिश्चिततालगायतका विषयमा आफ्ना अभियान केन्द्रित गर्दै आएका छन् ।

त्रिपाठीले बेलायतका विभिन्न सामाजिक संघसंस्थाहरुको अगुवा, एनआरएनए अभियान्ताहरुको विशेष आग्रह अनुसार आफू पुनः दोहोर्‍याउने मनस्थितिमा पुगेको बताए ।

महासचिव आर के त्रिपाठीले गैर आवासिय नेपाली संघ बेलायत साँच्चिकै सिंगो बेलायतभर फैलिन सफल भएको बताउदै केन्द्रले गरेका बिशेष कार्यहरुको समिक्षा एबम गैर आवासिय नेपाली संघ देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागि संगै हातेमालो गर्दै आगाडी बढ्ने प्रतिबद्द रहेको जानकारी गराए।

गैर आवासिय नेपाली संघलाई अझ मजबुत बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको मायाँ र सहयोग आबस्यक पर्ने हुनाले गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आबश्यक सल्लाह र सुझाब दिन अनुरोध समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *