यसपालिको तीज नारी निकुञ्जले धमाकासाथ मनाउँदै

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए वमन फोरम) नारी निकुञ्ज अस्ट्रेलिया न्यू साउथ वेल्स (एनएसडब्लु) ले तीज पर्वलाई विशेष उत्सवको रुपमा मनाउने तयारी गरेको छ । अगस्ट ३१ शनिबार रेड क्याप्सिकम फङ्सन सेन्टर रकडेलमा सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायिका अञ्जु पन्तलाई नेपालबाट निमन्त्रणा गरिएको एनएसडब्लु नारी निकुञ्जले जनाएको छ ।

लाइभ म्युजिकसहितको सांस्कृतिक कार्यक्रमको मनोरम आनन्दमा साँझ साढे ५ बजेबाट सुरु हुने तीज कार्यक्रम राति १० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागिताका लागि आयोजकले २० डलर प्रवेश शुल्क तोकेको छ ।

नारी निकुञ्जले सन् २०१० देखि परोपकारी कार्य आयोजना गर्दै आएको छ । नारी निकुञ्जले सञ्चालन गरेको परोपकारी कार्यक्रमबाट संकलित रकम नेपालका ग्रामीण भेगमा रहेको महिलाहरुको पाठेघर खस्ने समस्याको उपचारमा खर्च गरिने छ । नारी निकुञ्ज अस्ट्रेलियाले एनआरएन निर्वाचनका बेला चिया खाजाको स्टल राखेर राम्रै आम्दानी गरेका थिए ।

यस पटकको तीज विशेष कार्यक्रमले नारी निकुञ्जको रकम संकलनको निरन्तरताको साथसाथै नेपाली महिलाहरुको चाँड तीजलाई विदेशमा रहेर पनि नेपालमा जस्तै मनाउने र साथसाथै नयाँ पुस्तालाई यसबारे निरन्तरता दिने विश्वास हामीले लिएका छौं, एनआरएन नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले बताइन् । उनले अष्ट्रेलिया रहेका सम्पूर्ण महीला दिदी बहिनिहरु लाई नारी निकुञ्ज यस्तो परोपकरी कार्क्र्यम्मा सभागीभएर भरपुर मनोरन्जन लिन अपिल गरिन ।

कार्यक्रमको टाइटल स्पोन्र्सर रेस्ट रियालस्टेट र इनोभेटिभ एसोसिएसन इभेन्ट पार्टनरको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *