लन्डन । गैरआवासीय नेपाली संघ युकेका अध्यक्षका चार प्रत्यासीले एनआरएनए आईसिसी सदस्य रामशरण सिंखडाले निर्वाचन आचार संहिताविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । एनआरएनए युकेको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु शेर सुनवार, प्रेम गहामगर, शुशिला राई र ललित न्यौपानेले एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलाई आइतवार कारबाहीको माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन् ।

संयुक्त उजुरीमा कुनै एक उम्मेदवारका पक्षमा लविङ गर्ने, जातीय र राजनीतिक समूह बनाउँदै हिँडने, उम्मेदवारका सामाजिक संजालमा लाइभ गर्ने र भोट माग्दै हिँड्ने गरेको आरोप लगाइएको छ । उनकाे क्रियाकलापबाट राष्ट्रिय महाधिवेसन सन्चालनसम्बन्धी नियमावली २०१९ को उल्लंघन भएको समेत दाबी गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष भवन भट्टलाई समेत बोधार्थ दिएर युके अध्यक्ष योगकुमार फगामीलाई बुझाएको उजुरीमा आईसीसी सदस्य सिंखडाका गतिविधिले निष्पक्षता माथि गम्भिर प्रश्न खडा भएको जनाइएको छ ।
उजुरीमा यस्ता गतिविधि रोक्न नसके बेलायती नेपाली समाजमा भ्रम सिर्जना भई चरम ध्रुवीकरणमा जाने चेतावनी चार अध्यक्षका प्रत्यासीले दिएका छन् ।
अध्यक्ष चार उम्मदेवारले जारी गरेको संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै :







