बेल्जियममा कांग्रेस नेता महतले दिए जनसम्पर्क समितिलाई प्रशिक्षण

लन्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमलाई डा. रामशरण महतले प्रशिक्षण दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. महतको प्रमुख आतिथ्यता तथा श्रीमती रोशना थापा महतको बिशेष उपस्थितिमा अन्तरक्रिया र भेटघाट कार्यक्रम पनि ग¥यो । बेल्जियम समितिका सभापति सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्षहरु समितिका पदाधिकारी र क्रियाशील साधारण सदस्यको उपस्थित थियो । कार्यक्रमलाई समितिका उपाध्यक्ष नरहरि सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।

पूर्वअध्यक्ष इन्द्र क्षेत्री पकवानले निर्वाचित समितिविरुद्ध कसैलाई लेख्ने र बोल्ने अधिकार नभएको बताए । उनले यो समिति लोकतान्त्रिक मूल्य मान्यताबाट भएको हो मिडियामा देखिएको कपोकल्पित समिति अबैध रहेको धारणा राखे । प्रमुख अतिथि डा. महतले पार्टी विधि विधान, प्रकृया र पद्दतिले चल्ने हुँदा यसबाहेकका अराजक गतिविधिले कसैलाई फाइदा नहुने बताए । उनले निर्वाचित समितिलाई मानेर अगाडी बढ्न सबैमा अनुरोध गरे । ‘नेपाली काँग्रेसभित्रको केही गुट र उपगुटले गर्दा आज हामी आफैमा कमजोर बन्न पुगेका छौं, हामीलाई कसैले कमजोर बनाएको नभइ हामी हाम्रै कारणले कमजोर भएका हौं भने संगठनमा एकता, सदभाव र मेलमिलाप भएन र विधानतह पार्टी चलेन भने भोलिका दिनमा पनि पछुताउनुको बिकल्प हुँदैन’, डा. महतले भने, निर्वाचित समितिबाहेक हामी अरु जान्दैनौ र मान्दैनौं ।’ कार्यक्रममा गैरआवसीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष मनोहरी शर्मा, जनसम्पर्क समिति बेल्जियमका सदस्य पूर्ण तिमल्सिना संस्थाका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल, पूर्वअध्यक्ष सुवास जोशी (सन्तोष) ले पनि बोलेका थिए ।

गैरआवासीय नेपाली संघ नेदरल्याण्डका उपाध्यक्ष बिष्णु बास्तोला, महासचिव जितेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका सदस्य एवम् नवलपुर सहायता समाजका अध्यक्ष विजय मल्ल, पूर्वअध्यक्ष रमेश सापकोटा, समिति बेल्जियम सल्लाहकार एवम् पर्वत समाजका अध्यक्ष झलक केसी, स्पेनका महासमिति सदस्य अर्जुन काफ्ले जसस बेल्जियमका सल्लाहकार एव ब्यवसायीक सघका पूर्वअध्यक्ष सीपी भट्ट, महासचिव मदन दबाडी, नेपाली युरोप मिलन केन्द्रका अध्यक्ष दिपक न्यौपाने, जसस समिति बेल्जियमका सल्लाहकार एवम् स्याङ्जा सहायता समाजका सचिव होमनाथ पाण्डे, जसस समिति बेल्जियमका सल्लाहकार एवम् गैरआवासीय नेपाली सघ बेल्जियमका भूतपूर्व युरोप सहसंयोजक प्रेम गुरुङलागायतको कार्यक्रममा सहभागिता रहेको समितिका प्रवक्ता जगदिश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम समिति बेल्जियमका महामन्त्री दिनेशप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *