बार्सिलोनामा हुने सांगीतिक कार्यक्रममा गायक सन्तु थापाले घन्काउने

लन्डन । आगामी जुलाई २२ मा स्पेनको बार्सिलोनामा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमका लागि लोक गायक सन्तु थापा नेपालबाट आउने आयोजकले जानकारी गराएका छन् । गायक थापालगायत स्पेनमा रहेका थुप्रै कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक सन्तबहादुर क्षेत्रीले बताए ।

कलाकार अजय लोप्चनको कमेडी नृत्य, लोक दोहोरी प्रतिष्ठान यूरोप शाखा अध्यक्ष सुमी घिमिरे सापकोटा, भुवन अक्षामी, अनुशा थापालगायतको दोहोरी भिड्न्त, विनोद कटुवालको विशेष बाँसुरीको धुन, समी गुरुङ, दिव्या भण्डारी, शिला केसी, ओजेÞश लोप्चन तामाङ, ईश्वरसिंह ठकुरीलगायतका कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रम सिसिलिया हलमा साँझ ५ बजे प्रस्तुत हुनेछ । कार्यक्रमका लागि १० यूरो टिकट मूल्य तोकिएको छ ।

गलबन्दीका गायक प्रकाश सपुत पनि कार्यक्रममा आउने बताइएको छ । तर उनको व्यस्तताले बार्सिलोना आउने निश्चित नभएको कार्यक्रम संयोजक क्षेत्रीले जानकारी गराए ।  कार्यक्रममा स्पेनमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सांगीतिक कार्यक्रमबाट भरपुर मनोरञ्जन लिन आयोजकले अनुरोध गरेका छन् ।

साथमा युरोपका कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति सहित स्पेन,डेनमार्क, ईटाली, नेदरल्याण्ड, जर्मनी, स्विजरल्याण्ड, फ्रान्स, बेल्जियम, लक्जम्बर्ग, फिनल्याण्ड, पोल्याण्ड, नर्वे, स्वीडेन, पोर्तुगल लगायतका युरोपका देशहरु समेत कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *