तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको कार्यकारी सदस्यमा सूर्यभक्त खनालले उम्मेदवारी दिएका छन् । एनआरएन २०१९–२०२१ को कार्यकालका लागि खनालले कार्यकारी सदस्यमा उम्मेदवारी दिएका हुन् । साझा एनआरएनए, सबल एनआरएनए नाराका साथ निर्वाचनमा होमिएका खनाल विगत लामो समयदेखि एनआरएन अभियानमा संलग्न छन् ।
जुलाई ६ तारिखमा हुने निर्वाचनमा खनाल अस्ट्रेलियामा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी भइरहन्छन् । तनहुँ व्यास नगरपालिका स्थायी बासोबास भएका खनाल उच्च शिक्षा अध्ययनका लागि सन् २००७ मा अस्टे«लिया आइपुगेका हुन् ।

अस्ट्रेलियामा विभिन्न संघसंस्थामा आबद्ध खनाल सन् २००९–२०११ सम्म लाइन्स क्लब सिडनी नेपाल हिमालयको संस्थापक सहसचिव तथा २०१५–२०१७ तनहु समाज अस्ट्रेलियाको संस्थापक सचिव हुँदै खनाल अहिले महासचिव छन् ।
साउथ वेस्ट नेपाली कम्युनिटी सिड्नीको प्रवक्ता रहेका खनाल एमजी एसोसिएटका सहसंस्थापक तथा निर्देशक हुन् । निजीस्तरबाट पनि उनले व्यवसाय सञ्चालन गरेका छन् ।







