तक्दीर अधिकारी
सिड्नी । हेल्प मातृभूमि च्यारिटी गाला डिनर आउँदो शनिबार अर्थात् जुन २२ मा आयोजना हुदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । विद्यार्थीको सहयोगार्थ स्थापना भएको संस्था भिजन फर मोटिभेसनले र हेल्प मातृभूमिले च्यारिटी गाला डिनर आयोजना गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीको सहयोगार्थ कार्यक्रम आयोजना गरेको संयोजक बिजे पौल (बिजय पौडेल) ले बताए ।
बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले भेन्यु प्रायोजन गरेको छ । कार्यक्रम सिड्नीको रक्डेलमा रहेको रेड क्याप्सिकम फङ्सन सेन्टरमा आयोजना हुदैछ । कार्यक्रमलाई एक्सेल्सिया कलेजले कर्पोरेट पार्टनर, इग्लिस वाइजले मेन्यु स्पोन्सर तथा साइन बिजनेस एडभाइजरीले एकाउन्टिङ पार्टनरका रुपमा साथ दिएको संयोजक पौलले जानकारी दिए । कार्यक्रममा सिड्नीमा रहेका कलाकारको विविध सांगीतिक प्रस्तुति रहने छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया तथा कन्सुलेट जनरल अफ नेपाल, एनएसडब्लु अस्ट्रेलिया र एनएसडब्लु युथ फोरमको कार्यक्रममा सहयोग रहेको छ । कार्यक्रममा विद्यार्थीका लागि २९, स्टयान्डर ४९ र भीआइपी ९९ डलर टिकेट मुल्य तोकिएको छ ।
गत वर्ष हेल्प मातृभूमि कार्यक्रमबाट उठेको रकमले नेपालको पर्वतमा रहेको मातृभूमि स्कुलमा कम्प्युटर ल्याब स्थापनामा सहयोग गरिएको थियो भने यसपटक अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीलाई सिप विकास एवंम् असहज परिस्थितिमा सहयोग गरिने आयोजक तीर्थराज कार्कीले बताए । कार्यक्रममा सहभागिताका लागि आयोजक कार्कीले अनुरोध गरे ।







