सिड्नी । भाँडा माझ्ने मेसिनबाट सल्किएको आगोले रेस्टुरेन्टमा आगो लाग्दा जलेर सिड्नीमा एक नेपाली युवक गम्भीर घाईते भएका छन् ।
मंगलबार राति पारामाट्टाको अन सनसेट लेबनीज रेस्टुरेन्टमा भाँडा सफा गर्ने क्रममा मेसिनबाट सल्किएको आगलागीबाट रेस्टुरेन्टमा काम गरिरहेका २४ वर्षीय काठमाण्डौ घर भएका एक युवक जलेर गम्भीर घाईते भएका हुन् ।
एनआरएन ए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले दिएको जानकारी अनुसार उनको हात, अनुहार, छातीलगायत शरीरको करिब ३० प्रतिशत भाग जलेको छ । एम्बुलेन्सका सदस्यहरुले घटनास्थल पुगी उनको उद्धार गरेका थिए ।
उनको उनको सिड्नीको कन्कर्ड अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ । उनका अभिभावक नेपालबाट अस्ट्रेलिया आउनका लागि तैयारी सुरु भएको बताईएको छ ।
सफाईका लागि राखिएको केमिकलमा भाँडा माझ्ने मेसिनबाट आएको झिल्काले आगो लागेको प्रारम्भिक अनुमान गरिएपनि प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
Photo : Nine News






