

गैरआवासीय नेपाली संघ एनआरएन युकेको अध्यक्षका उम्मेदवार बनेका प्रेम गाहा मगर २६ बुँदे एजेन्डासहित मतदातासमक्ष प्रस्तुत भएका छन् । सन् २०१२ देखि एनआरएन युकेमा आवद्ध भएर काम गर्नु भएका गाहा मगरले आगामी २०१९-२१ को २४ महिने कार्यकालमा २६ काम गर्ने भन्दै आफ्ना एजेन्डा अगाडी सरेका छन् ।
प्रेम गाहा मगरले अघि सारेका एजेन्डा यस्ता छन्–
११) गैर आवासीय नेपाली संघ बेलायतको आपतकालिन राहात कोषलाइ आगामी २ बर्षमा ५० हजार भन्दा माथि पुर्याइने छ । यसका लागि बेलायतमा भएका नेपालीहरुका संघ संस्थाको सहयोगमा विभिन्न गतिविधीहरु गरिने छ । नेपालको कला र संस्कृती तथा खेलकुद र अन्य क्षेत्रको अभिबृद्धीका लागि नेपालबाट त्यो क्षेत्रका प्रसिद्ध तथा प्रबुद्ध ब्याक्तीहरुलाइ आमन्त्रण गरि बेलायतका विभिन्न सहरहरुमा विभिन्न गतिविधि गरि कोष संकलन गरिने छ ।
१२) बेलायतमा रहेका सबै नेपालीहरुको सपनाको घर नेपाल हाउस निर्मार्ण परियोजना लाइ ब्युताइने छ । यसका लागि सेयर वितरण लगायत लगानी जुटाइने उचित उपाय अपनाइने छ । भने नेपालबाट हिन्दु तथा बौद्ध धर्मका धर्म गुरुहरुलाइ आमन्त्रण गरि अध्यात्मीक जागरण तथा नेपाल हाउसका लागि लगानी जुटाइने छ ।
१३)बेलायती सेनामा धाइते भएका तथा अपाङ्गता भएका अन्य नेपाली हरुको भेला आयोजना गरि । अपाङ्गता वा फरक क्षेमता भएका ब्याक्तिहरु प्रतिको समाजको नजरलाइ परिवर्तन गर्न हेल्प फर हिरोज संगको सहकार्यमा लण्डनको प्रसिद्ध रोयल अल्वर्ट हलमा एक विशेष कार्यक्रमको आयोजना गरिने छ । जस्मा बेलायतको राजपरिवारको सहभागिताका लागि पहल गरिने छ ।
१४)बेलायतको नेपाली समुदायमा रहेका बौद्धिक तथा ब्याबशायीक ब्याक्तीहरुलाई गैर आवासीय नेपाली संघको मुल प्रवाहमा ल्याउदै सस्थाको विकास तथा यसको उदेश्य अनुरुपका कार्य गर्नका लागि विशेषज्ञका रुपमा सहभागी गराइने छ । यसका लागि विशेषज्ञ समुहको निरन्तर भेला तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरी संस्थाका परियोजना तथा नेपाल र नेपालीको विकासका लागि आवस्यक पर्ने ज्ञान, सीप र अनुभव (स्कील ट्र«ान्फर) गर्नका लागि पहल गरिने छ ।
१५)बेलायतमा रहेका नेपाली युवाहरुमा खेलकुद, कलाकारिता वा अन्य प्रसस्तै प्रतिभा तथा सम्भावनाहरु छन् । तिनीहरुलाई प्रात्साहन गर्न विभिन्न ट्यालेन्ट सो तथा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्ने । उनिहरुको क्षमता विकासका विभिन्न तालिम, तथा प्रशिक्षण र लागि बाहृय प्रतियोगिता हरुमा सहभागिताका लागि समन्वय गरिने छ ।
१६)बेलायतमा अध्ययनका लागि आउने नेपाली विधार्थी हरु तथा यहा अध्ययन रत नेपाली विधार्थीहरुको हितका लागि कार्य गर्न विधार्थीहरु मध्यबाटै स्टुडेन्ट हेल्प डेस्क स्थापना गरि उनिहरुको समस्याको सुनुवाइ गर्ने, उनीहरुलाइ आवस्यक सल्लाह र सुझाव दिने तथा सहयोग पुर्याउने कार्य गरिने छ ।
१७)बेलायतमा रहेका नेपाली बृद्ध बृद्धा (बाबा आमा) हरुका लागि अत्याबस्यक सेवाहरु अस्पताल, जिपी, काउन्सील अफिस लगायतमा आवस्यक सहयोग पुर्याउन दोभाषे तथा अन्य स्यम्सेवीको ब्याबस्था गरिने छ । समुदायमा रहेका युवाहरुलाइ स्वयंसेवकको रुपमा कार्य गर्न प्रेरित गरी नेपाली बाबा आमाको सहयोगका लागि परिचालित गरिने छ ।
१८) गैरआवासीय नेपाली संघ बेलायतले अहिलेसम्म पनि समेट्न नसकेका बुद्धिजिवी, युवा, विद्यार्थी, महिला, खेलाडी, कलाकार, मिडियाकर्मी, विभिन्न पेशाकर्मीहरु सहित सबैलाई संस्थामा आकर्षित र आबद्ध गराउन आवश्यक विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१९)बेलायतमा नेपालीहरुबाट सञ्चालित विभिन्न व्यवसायहरुको प्रबद्र्धनका लागि कार्य गरिने छ ।
२०)बेलायतबाट सञ्चालित नेपाली मिडियाहरुको विकास तथा स्तर उन्नतिका लागि पत्रकार महासंघ बेलायतसंग सहकार्य गरि विशेष कार्य गरिने छ ।
२१)गैरआवासीय नेपाली संघका सम्पुर्ण नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि विभिन्न विभागहरु गठन गरेर जिम्मेवारी विभाजन गरिने छ । सम्पुर्ण विभागहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण सिर्जना गरिने छ भने । राष्ट्रिय समन्वय परिषदले नियमित रुपमा सम्पुर्ण विभागहरुको प्रगति विवरण हेर्ने , मुल्यांकन गर्ने र आवश्यकता अनुसार सुझाव तथा निर्देशन दिने कार्य गर्नेछ ।
२२) गैरआवासीय नेपाली संघ बेलायतका सम्बन्धमा आम नेपाली समुदायमा रहेका विभिन्न गुनासा, असन्तुष्टीहरुको सम्बोधन गर्न एक छुट्टै कार्यदल बनाइने छ । समुदायको भावनाअनुसार संस्थालाई अघि बढाउन तत्काल आवस्यक सुधार गरिने छ । यसको काम गर्ने तरिका तथा विभिन्न कार्यक्रम अनावस्यक आसन भाषण र आभुषण कम गरि कार्यक्रमहरुको ब्यायभार घटाउने कार्य गरिने छ ।
२३) नेपाल र नेपालीको हितमा कार्य गर्न लण्डनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ बेलायतबीचको समन्वय र सहकार्य गरिने छ ।
२४) नेपालीहरुमाझ मात्र नभएर बेलायती र अन्य गैरनेपाली समुदायमा समेत नेपाली भाषा, कला, संस्कृति प्रवर्धन गर्न तथा नेपाली व्यवसाय र नेपाली सामग्रीहरुको तथा नेपालको पर्यटन प्रबद्र्धन गर्न, बेलायतमा रहेका स्थानीय नेपाली संघसंस्थाहरुको सहकार्यमा हरेक वर्ष बेलायतका विभिन्न ठाउँमा नेपाल एनआरएन महोत्सवको आयोजना गरिने छ ।
२५) गैर आवासिय नेपाली संघको आर्थिक कृयाकलापलाई थप पारदर्शि बनाइने छ । यस सस्थाका विभिन्न निकायमा कार्यरत पदाधिकारी तथा सदस्यहरु, अग्रज तथा पुर्व पदाधिकारीहरु तथा सल्लाहकार हरुको मेलीङ्ग लिष्ट तयार पारी गैर आवासीय नेपाली संघ बेलायतको गतिविधीहरु मासिक रुपमा अधाबधिक गर्ने प्रचलनको सुरुवात गरिने छ ।
२६) गैर आवासीय नेपाली संघ बेलायतका अग्रजहरु यहाको बौद्धिक तथा ब्यावसायीक समुदायको सल्लाह र सुझाबमा थप कार्यक्रम तथा योजनाहरु निर्माण गरि कार्यानवयन गरिने छ । आदरणीय बुवा आमा दिदी बैनी दाजु भाईहरु ! माथि मैले केबल मेरा प्रतिबद्धताहरु मात्र प्रस्तुत गरेको होइन । तिनीहरु एनआरएनमा मेरो नेतृत्वमा गर्नै पर्ने कार्यहरु हुन । म यहाहरुलाई विश्वास दिलाउन चाहान्छु, यी कार्य सम्पन्न गर्न लागि म पुर्ण रुपमा तयार र योग्य छु । विगतमा आर्जन गरेको अनुभव, ज्ञान, सीपलाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ बेलायतलाई एक सबल, गतिशिल र दुरदर्शी नेतृत्व प्रदान गर्ने मेरो यो दृढ सकल्प यहाहरु समक्ष प्रस्तुत गरेको छु । अहिले म गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्षका रुपमा काम गरिरहेको छु । उपाध्यक्षको रुपमा मलाइ दिइएको जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरेको र गरिरहेको छु । अन्य उपाध्यक्ष सरह मलाइ दिइएको च्यारिटी विभाग यो कार्यकालको सबै भन्दा प्रभावकारी विभाग हो । मेरो नेतृत्वको यो विभागले एतिहासीक रुपमा ठूला ठूला च्यारिटी इभेन्सहरुको सफल आयोजना गरेको तथ्य कसैबाट छिपेको छैन । मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ । दुई वर्षे कार्यकालमा च्यारिटी विभागको प्रमुखका रुपमा मैले निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले मात्र पनि मलाई भावी नेतृत्वका लागि लायक ठहर गर्नेनै छ । गैरआवासीय नेपाली संघमा आउनुपूर्व नेपालको राष्ट्रिय खेलाडीको रुपमा नेपालको सेवा गरेको हुँ । मैले बेलायती सेनाको एक सिपाहीका रुपमा समेत सेवा गरेको छु । ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन बेलायत र यहाभएका हामी नेपालीहरुका समस्यालाइ नजिकबाट बुझेको छु । तिनिहरुलाइ समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने दृष्टीकोण (भिजन) लिएर म आएको छु । बेलायतमा नेपालीको नया पुस्ता तयार भैरहेको छ । हामी पछाडीको त्यो पुस्तालाइ हामी संगै हिडाउने चुनौति हाम्रो अगाडी छ । यदि साच्चीकै बेलायतमा नेपालीहरुको लागि कार्य गर्ने हो भने वा बेलायतमा सधै नेपाली भएर बाच्ने हो भने यो तन्नेरी पुस्तालाइ मुल प्रवाहमा ल्याउन अत्यन्तै जरुरी छ । नेपाल र नेपालीको पहिचान, सस्कृती र सभ्याताको उनीहरुमा हस्तान्तरण मात्र होइन, उनीहरु मार्फत त्यसको सम्बर्धन तथा संरक्षण गर्नु पर्ने हुन्छ । गैर आवासीय नेपालीको अभियानमा विविध कारणले म युवाहरु संग धेरै जोडिएको छु । मेरो पुस्ता भन्दा माथिल्लो पुस्ता अर्थात बेलायतमा भएको पाको नेपाली पुस्ताको आर्सिवाद मलाइ प्राप्त छ । मेरो पुस्ताका तमाम साथीहरु संग त म काम गरिरहेको छु अतः म सबै पुस्ताका नेपालीहरु संग जोडिएको तिनीहरुको सहि अर्थमा प्रतिनिधित्व गर्न सक्षम ब्याक्ति हँु । माथिका प्रतिबद्धताका अलावा मैले गैर आवासीय नेपाली संघ बेलायतका अग्रजहरु, यहाका बौद्धिक तथा ब्याबशायीक ब्याक्तीत्वहरुको सल्लाह र सुझावलाइ सदा सिरोपर गर्दै कार्य गर्ने छु । म एक इमानदार, कर्तव्यनिष्ठ सेवकको रुपमा नेपालीहरुको विचमा कार्य गर्न पाउने आसाका साथ आएको छु । गैरआवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल (सन् २०१९ देखि २०२१) को अध्यक्ष कार्य गर्ने अभिमतका लागि तपाइहरु सबैको साथ र सहयोगको अपेक्षा गरेको छु धन्यवाद प्रेम गाहा मगर अध्यक्षको उमेदवार ।






