नेपालगन्ज विमानस्थल तत्काल स्तरोन्नती गर्न सांसद गौतमको माग

काठमाडौं- नेपाली काँग्रेसका सासंद सञ्जय कुमार गौतमले सरकारले नेपालगन्ज बिमानस्थलको स्तरोन्नती तथा पूर्वाधार निर्माण गर्नेप्रति उदासिनता देखाएको प्रति ध्यानआकर्षण गराएका छन् ।

आजको प्रतिनिधि सभाको बैठक अन्तर्गत शून्य समयमा बोल्दै सांसंद गौतमले नेपालगन्ज-पोखरा र नेपालगन्ज-दिल्ली सम्मको उडान सञ्चालन गर्ने अघिल्लो बर्ष नै प्रतिवद्धता गरेपनि हालसम्म पनि कुनै पनि पहल नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सन् २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेको भएपनि उक्त विमानस्थलको पूर्वाधार बिकास नहुँदा पर्यटनको प्रचुर सम्भावना बोकेका तत्कालीन सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्लमा रहेका बर्दिया राष्ट्रिय निकुञ्ज, से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, रारा ताल लगायतका पर्यटकीय स्थलहरु ओझेलमा परेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *