विष्फोटमा परी मृत्यु हुनेहरु नागरिक नै होइनन् : गृहमन्त्री थापा

;+3Lo ;+;bcGtu{t k|ltlglw ;efsf] a'waf/ a;]sf] a}7sdf k|Zgf]Q/ sfo{qmdcGtu{t ;f+;bx?n] ;f]wsf k|Zgsf] pQ/ lb+b} u[xdGqL /fdaxfb'/ yfkf …afbnÚ . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजधानीमा भएका विस्फोटबाट मृत्यु हुनेहरु नागरिक नभई नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरु भएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले चन्द समूहले समानान्तर सरकार गठन गरेको र जनसरकारको नाममा जनपरिषद् पनि गठन गरेका बताए ।

उनले चन्द नेतृत्वको समुहले जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको दाबि गरेका छन् । गृहमन्त्री थापाले नेकपा चन्द समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताए । उनले चन्द समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । उनले चन्द समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया सरकारले अगाडि बढाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *