माझी बस्तीलाई अस्ट्रेलियाबाट १ लाख ३२ हजार

काठमाडौं । ट्युमरको शल्यकृयापस्चात नेपाल फर्किनु भएकी नायिका स्वेता खड्कालाई माझी बस्ती निर्माणका लागि अस्ट्रेलिया र अमेरिकामा संकलन भएको १ लाख ३२ हजार रुपैयाँ हस्तान्तरण गरियो । लुम्बिनी-कपिलवस्तु विस्व अभियानका संयोजक रामकुमार श्रेष्ठलेउक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

श्रेष्ठले रकम सानो ठूलोभन्दा पनि भावना महत्वपूर्ण हुने भएकोले नै बिद्यार्थी जीवन गुजारिरहेका भास्कर रेग्मीले छोरीको जन्मदिनको अबसरमा माझी बस्तीको लागि प्रदान गरेका आठ हजारको प्रचार प्रसारका कारण उनै रेग्मीकै पहलमा अस्ट्रेलिया र केही अमेरिकामा बसोबास गर्नेको सहभागितामा १ लाख ३२ हजार पाँच सय रुपयाँ माझी बस्ती निर्माणका लागि यसरी हस्तान्तरण गर्न पाइएको बताए ।

संयोजक श्रेष्ठले नायिका स्वेता खड्का ‘हेल्लो जिन्दगी’ शूटिङका क्रममा वेलायतमा रहँदा आफूले आशफोर्ड, बर्मिंघाम र स्कटल्याण्डमा माझी बस्तीको लागि आर्थिक संकलन गर्नका लागि कार्यक्रम गर्न संयोजनकारी भूमिका निर्बाह गरे तापनि अपर्झट ट्युमरको शल्यकृया गर्नुपर्ने अवस्था सिर्जना हुन जानाले ती कार्यक्रम रद्ध भएको र सफल शल्यकृयापस्चात नेपाल फर्कनु भएकोले यो कार्यक्रमको उद्धेस्य उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु पनि रहेको बताउनु भयो ।

नायिका स्वेता खड्काले रामकुमार श्रेष्ठ आबस्यक पर्दा आफ्नो हरेक काममा सहयोग गर्ने र हौसला प्रदान गर्ने एउटा प्रेरणादायी ब्यक्ति भएको बताउँदै माझी बस्ती सबैको स्वत: स्फूर्त रुपमा सहभागिता रहेको एउटा फरक खालको परियोजना भएकोले यस्लाई स्वेताश्री फाउण्डेशनको परियोजनाको रुपमा नलिन आग्रह गरिन । उन्ले स्वेताश्री फाउण्डेशन यो परियोजनाको लागि देखिने एउटा माध्यम मात्रै भएको बताइन् ।

गायक, रचनाकार एबं पत्रकार कपिल कस्पल र गायक एबं रचनाकार मानस राजले स्वेताश्री फाउण्डेशनले बिना हल्ला जसरी एउटा नमूना बस्ती बनाउने काम गरिराखेको छ त्यस्मा आफ्नो पेशाका माध्यमबाट आबस्यक पर्दा सक्दो योगदान दिन आफूहरु तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *