लण्डन । लन्डन बरो अफ बार्नेटको गत मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई उपमेयर पदमा निर्वाचित भएपछि तमुधि लन्डन इकाईले एक कार्यक्रमका बीच भब्य स्वागत गरेको छ।
सुक्रबार साझा साउथ ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा आयोजित एक समारोहमा तमुधी लण्डन इकाईका अदक्ष्य श्री चन्द्र बहादुर गुरुङ्ग र आमा समुहकी अदक्ष्य श्रीमती दिल माया गुरुङ्ग ,सोंपाल समाज युकेका अधक्ष्य युक्त गुरुङ लगायतले गुरुङ्ग समाजमा चलि आएको फेटा शिरमा लगाई खादा र पुष्पगुच्छा सहित लक्ष्य गुरुङ तथा श्रीमती गुरुङलाई सम्मान गरेका थिए। 
कार्यक्रममा उपादक्ष्य बिस्नु गुरुङ ,नारन गुरुङ ,प्रेम बहादुर गुरुङ,गम्बर सिङ्ग घले, हुम कुमारी गुरुङ, बिना गुरुङ उक्त संस्थाका कार्यसमितिका पदाधिकारीहरु अदक्ष्य ,उपादक्ष्य ,सल्लाहकार ,आमा समुहकीदिदिबहिनीहरु लगायतले विजयी गरुङ्गलाई स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै तमुधी लण्डन इकाईका महासचिब भरत गुरुंगले बेलायत जस्तो ठाउमा नेपाली मुलका भूपूगोर्खा उपमेयर बन्नु नै गौरबमय भएको बताउनुका साथै आगामी दिनहरुको कार्यकाल सफल रहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरि तमुधीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङ ‘डेबिड’ले शुभकामना सन्देश पठाउनु भएको थियो ।
उपमेयरमा निर्वा्चित गुरुंगले तमुधी लण्डन इकाईले गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए। तमुधी लण्डन इकाईले गरेको सहयोग प्रति आफू निकै नै खुशी भएको बताए ।

गुरुङ मे महिनाको शुरुमा बेलायतमा भएको स्थानीय चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको तर्फबाट लण्डन बरो अफ बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।
उपमेयर लक्ष्य गुरुङलाई तमुधि लन्डन इकाईले गर्यो भब्य स्वागत लाइभ भिडियो






