विकलचन्द्र आचार्यको नयाँ पुस्तक “बेलायतको वित्तीय अबलोकन” प्रकाशित हुने

लण्डन । विकलचन्द्र आचार्यको नयाँ पुस्तक “बेलायतको वित्तीय अबलोकन” प्रकाशित हुने  भएको छ |

बेलायतमा लामो समयदेखि बसोबास गरिरहेका अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको नयाँ पुस्तक “बेलायतको वित्तीय अबलोकन” प्रकाशित हुने भएको  हो |

किताबमा बेलायतको वित्तीय क्षितिजको धेरै कुराहरु समाबेश भएको छ | बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा सिक्न सक्ने कुराहरु धेरै भएको र यसको लागि आफ्नो सुझाबहरु पनि किताबमा लेखिएको कुरा लेखक आचार्यले बताए | विश्वको एक शक्तिशाली वित्तीय केन्द्र रहेको बेलायतको भित्रि गहिराइमा पुगेर लेखिएको यस किताबले बेलायतको बास्तबिक वित्तीय परिवेश बुझ्न सरल हुने कुरा पनि आचार्य बताउछन् |

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बि.सं २०५० मा बेलायत आएका हुन् | बेलायतमा अरु उच्च शिक्षा अध्ययन गरेका आचार्यले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् | गोरखा बजारमा ४५ बर्ष अघि जन्मेका आचार्यको सानै उमेरमा बेलायत आएपनि लेखनमा क्रियाशील रहेका छन् |

उनको लन्डनमा मुटु दुख्दा ( अनुभूति), कोरोनरी मुटुरोग (मेडिकल), बेलायती आँगनमा गोर्खाली सुवास (नियात्रा), मोह (उपन्यास) पुस्तकहरु प्रकाशित भइसकेका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *