भ्वाइस अफ नेपालको टिम सिड्नीमा

तक्दीर अधिकारी

सिड्नी । भ्वाइस अफ नेपालको टोली सिड्नी आइपुगेको छ । १७ मे शुक्रबार सार्क होटलमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुने उक्त टोली बुधबार बिहान सिड्नी आइपुगेका हुन् । टिममा कार्यक्रम प्रस्तोता सुशील नेपालसहित छ जना कलाकार छन् । उनीहरुलाई आयोजक बीएम डब्लु एजुकेशन र राइट एन्ड एसोसिएसन एजुकेशन कन्र्सलटेन्सीका पदाधिकारीहरुले खाँदा र फुलका गुच्छा दिएर स्वागत गरेका थिए ।

अस्ट्रेलिया टुरका लागि आफूहरु तयारी दमदार रहेको कार्यक्रम प्रस्तोता नेपालले बताए । आफ्नो टोलीले यूकेको आठवटा स्थानमा टुर सम्पन्न गरेको जानकारी दिँदै उनले भने, ‘हाम्रो योजना ६ स्थानमा कार्यक्रम प्रस्तुत गर्ने थियो, यो टिमको प्रफमेन्स हेरेर दुईवटा स्थानमा कार्यक्रम थपियो ।’ अस्ट्रेलियामा पनि यस्तै दमदार प्रस्तुति दिएर दर्शकको मन जित्ने प्रस्तोता नेपालले बताए । भ्वाइस अफ नेपालको प्रत्यक्षण प्रशारण हेर्न नछुटाउन उनीहरुको आग्रह छ ।

राइट एन्ड एसोसियट एजुकेशन कन्र्सलटेन्सीका निर्देशक पिआर अधिकारी (परशुराम) ले यो इज्जतदार कार्यक्रमलाई प्रायोजन गर्न पाउँदा खुशी लागेको बताए । कम्युनिकेशन पार्टनर युवराज भट्टराईले भ्वाइस अफ नेपालको कार्यक्रम हेरेपछि दुःख पिर र मार्काहरु भाग्ने बताए । सिड्नीवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका लागि भट्टराईले अनुरोध गरे ।
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त नेपाली हो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *