बेलायतको कोल्चेस्टरमा सामाजिक कर्ममा सक्रिय छिन् झापाकी कमला

लण्डन । झापा जिल्ला स्थायी घर भई हाल बेलायतमा रहँदै आएकी कमला बोहोरा खत्री समाजसेवामा सक्रिय हुन थालेकी छिन् । विगत २२ वर्षदेखि साउथ ईष्ट लण्डनको कोल्चेस्टरमा परिवारसगैं बस्दै आएकी उनी विभिन्न सामाजिक सघं संस्थामा क्रियाशिल रहँदै सामाजिक कर्ममा सक्रिय छिन् ।

श्रीमानको ट्याक्सी व्यवसायसगैं आफु एक निजि कम्पनीमा काम गर्दै आईरहेकी कमलाले व्यक्तिगत रुपमा पनि विभिन्न क्षेत्रमा सहयोग गरेको बताउँछिन् ।

“मेरो सानैदेखि सामाजिक क्षेत्रमा काम गर्ने र समाजको लागि केही गरौँ भन्ने अभिरुची थियो । यसै शिलशिलामा सन् २०१४ देखि कोल्चेस्टर स्थित कोल्चेस्टर नेपाली समाज युकेमा लेडिज कोडिनेटरको रुपमा काम गरिरहेकी छु । कमलाले भनिन् – यस बाहेक पनि मैले व्यक्तिगत रुपमा र पारिवारिक रुपमा पनि थुप्रै सहयोग गरेकी छु ।”

” लण्डन नेपाल न्यूज सँगको कुराकानीमा कमलाले समाज सेवा र सामाजिक काम आफ्नो अभिरुचीको काम रहेको भन्दै संस्थागत रुपमा र साथिभाइसगंको सामुहिक ,व्यक्तिगत तथा पारिवारिक माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालमा रहेका गरिब दुःखीहरुको सेवा उद्धार तथा सहयोग गर्दै आई रहेको बताइन् ।

समाजसेवा गर्दा आफुलाई आनन्द लाग्ने भन्दै उनले आगामी दिनहरुमा पनि यस्तै अन्य सामाजिक कामहरु परिवारसंगको साथमा रहेर अन्य धेरै नै कामहरु गर्ने अठोट उनीसगं छ ।यसबाहेक उनको गीतसगींत प्रति पनि रुची छ । कोरोना माहामारीले थलिएको विश्वभरको वस्तु स्थितिलाई मध्येनजर गरेर एउटा गीत समेत सिर्जना गरेकी छिन् ।

कोरोना महामारीले विश्वभर पारेको प्रभावका विषयमा आधारित रहेर निर्माण गरिएको गीतको म्यूजिक भिडियो समेत तैयारी हुँदैछ। उनले आफुलाई विभिन्न समयमा सुझाव सल्लाह र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् ।