श्रीजनशील लेस्टर नेपालले भब्य रुपले गर्यो नयाँ वर्षको स्वागत

लेस्टर। श्रीजनशील लेस्टर नेपाल यूकेले नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न गरी मनाएको छ । गत अप्रिल १५ तारीख सोमबार लेस्टरको मेल्टन रोड स्थित सिज्लरस् बार रेस्टुरेन्टको पार्टी हलमा संस्थाका अध्यक्ष श्री बलराम चापागाईको अध्यक्षतामा एबम सस्थाका महासचिव श्री पुण्डरी अर्याल द्वारा संचालन गरीएको सो कार्यक्रम नेपाली रास्ट्रिया गितबाट उध्घाटन गरीएको थियो ।
सचिव लक्ष्मण गौतमले स्वागत भाषण दिनुभएको थियो प्रमुख अतिथि रूपमा रहनु भएका आई सि सि सदस्य श्री कमल भण्डारी ज्यु ले नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो भने अन्य अतिथि हरू मा शाझा नेपाली समाज युके का उपाध्यक्ष तथा संस्था का सल्लाहकार श्री नारायण फुय्याँल, संथाका स्थापक अध्यक्ष श्री राजु कंडेल, भु पु अध्यक्ष श्री पशुपती पोख्रेल,निवर्तमान अध्यक्ष श्री प्रेम आले मगर, नि वर्तमान महासचिव तथा गुल्मी जिल्ला यु के का सदस्य श्री वरूण भण्डारी तथा निवर्तमान उपाध्यक्ष श्रीमती कला पोख्रेल ज्यु हरूले नयाँ वर्ष २०७६कोशुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अतिथि कलाकार को रुपमा आउनु भएका लोक गायक श्री बिष्णु बंजाडे एव स्थानीय कलाकार तथा संस्था का सदस्य शी राम बंजाडे र अन्य स्थानीय कलाकार श्रीमती बासना भण्डारी,रिता सापकोटा श्रीमती कला पोखरेल श्री मधुसुधन पौडेल लगाएत अन्य कलाकार हरूले आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो मनकामना बाजा समुह ले नौमती बाजा घन्काएर वातावरण नै तताएका थिए ।
अन्त्यमा संपुर्ण कलाकारलाई संमान स्वरूप श्रीजनशील लेस्टर संस्थाका अध्यक्ष श्री बलराम चापागाई स्थापक अध्यक्ष श्री राजु कंडेल भु पु अध्यक्ष श्री पशुपती पोख्रेल, संस्थाका सल्लाहकार श्री नारायण फुय्याल ज्यु हरूको हातबाट प्रमाण पत्र बितरण गरीएको थियो ।
कार्यक्रममा सहभागी करिब सय जनाको खाना तथा भेन्यू सिज्लर ग्रिल एण्ड बारले समाजको लागि निशुल्क सौजन्य गरिदिएको थियो । जसको लागि समाजका उपाध्यक्ष उपाध्यक्ष शिवलाल गौतमले विशेष पहल गरेका थिए ।
London Nepal News

Leave a Reply

Your email address will not be published. Required fields are marked *