बेलायत आउँदै भुवन-अनमोल, ६ अप्रिलमा क्याप्टेनको रेड कार्पेट शो हुने

लन्डन। नेपालमा देशैभर प्रदर्शन भइरहेको फिल्म क्याप्टेनको रेड कार्पेट शो बेलायतमा पनि हुने भएको छ । अल्डरशटको प्रिन्सेस हलमा ६ अप्रिल शनिबार क्याप्टेन फिल्मको रेड कार्पेट शो हुने भएको हो ।

सपन इन्टरटेन्टमेन्टले फागुन १७ गते रिलिज भएको क्याप्टेनको बेलायत शो गर्न लागेको हो । सो शोको लागि कलाकारद्वय भुवन केसी र अनमोल केसी बेलायत आउन लागेका सपन इन्टरटेन्टमेन्टका निर्देशक सपनकुमार राईले जनाए ।

भूवन–अनमोल बिहीबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थल आइपुग्नेछन् । फुटबल खेलाडीको उतारचढावको कथा भन्ने सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। भूवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिंह ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।

सिनेमामा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ ।

नयाँ वर्ष २०७६ को अवसरमा क्याप्टेन बेलायतमा प्रदर्शन हुन लागेको हो ।बेलायतमा एउटा मात्र शो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *